हातहतियार इजाजत पत्र एक महिना भित्र नवीकरण गर्न जिल्ला प्रशासनको आग्रह

| बैशाख ३, २०८१ सोमबार

फाइल फोटो ।
A A A
A A A

३ वैशाख, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले हातहतियार इजाजत पत्र नवीकरण गर्न आग्रह गरेको छ । प्रशासनले गृह मन्त्रालयको निर्देशन कार्यान्वयन भन्दै एक महिना भित्र इजाजत पत्र नवीकरण गर्न सोमबार एक सूचना जारी गर्दै आह्वान गरेको हो ।  

 

विभिन्न मितिमा हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति र संस्थाहरूले नियमानुसार नवीकरण गर्नु पर्नेमा कतिपय व्यक्ति वा संस्थाले नवीकरण नगराएको उल्लेख गर्दै एक महिना भित्र इजाजत नवीकरण गर्न आग्रह गरेको हो । 

 

प्रशासनले जारी गरेको सूचनामा ‘सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र नवीकरणको लागि अनिवार्य हातहतियार र इजाजत पत्र सहित इजाजत पत्र प्राप्त व्यक्ति/संस्था स्वयं उपस्थित भई नवीकरण गराउनु हुन तथा ५ (पाँच) वर्ष भन्दा बढी नवीकरण नगरी म्याद गुजार्नेहरूको हकमा हातहतियार र इजाजत पत्र यस कार्यालयमा अनिवार्य बुझाउनु’ भनिएको छ । 

 

प्रशासनका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी प्रकाश प्रधानको हस्ताक्षर रहेको पत्रमा ‘यो सूचना बर्खिलाप गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा’ समेत उल्लेख गरिएको छ । 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));