रामेछाप उद्योग वाणिज्य संघले भाडामा २० प्रतिशत र सदस्यता नवीकरण शुल्कमा छुट दियो, सुट सिलाउने र कफी बनाउने तालिम दिँदै

| बैशाख ४, २०८१ बुधबार

A A A
A A A

५ वैशाख, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले भाडामा बस्नेहरूलाई छुट दिने भएको छ । साथै व्यवसायीहरूलाई प्रोत्साहन र दक्ष जनशक्ति उत्पादन गर्न तालिम समेत आयोजना गर्ने भएको छ । 

 

गत सोमबार बसेको संघको पदाधिकारीको बैठकले संघको मन्थली स्थित भवनमा सटर भाडामा लिएर व्यापार, व्यवसाय गर्दै आएकाहरूलाई आर्थिक मन्दीको कारण मर्कामा परेको स्वीकार गर्दै २० प्रतिशत सम्म छुट दिने निर्णय गरेको सङ्घका अध्यक्ष नवीन थापा मगरले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार यो वर्ष (२०८१) को लागि सटर नं २ र ३ लाई मासिक रूपमा भुक्तानी गर्दै आएको १६ हजार एक सयमा अब २० प्रतिशत अर्थात् तीन हजार २२० रुपैयाँ छुट दिए १२ हजार आठ सय ८० रुपैयाँ मात्रै तिराउने निर्णय भएको हो । साथै यी दुई सटरको हकमा एक वर्ष सम्म सोही भाडादरमा सम्झौता समेत गर्ने निर्णय भएको अध्यक्ष थापा मगरले बताए ।  

 

त्यस्तै हाल सम्म भाडामा नलागेका २ वटा सटर भाडामा लगाउनको लागि सार्वजनिक सूचना प्रकाशन गर्ने तयारी पनि संघले अगाडि बढाइएको छ । 

 

त्यस्तै संघले आर्थिक मन्दीको कारण निराशा बनेका व्यवसायीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले मन्थली नगरपालिकाको सहयोगमा सिलाई कटाई (कोट) सिलाउने र होटेल व्यवस्थापन (कफी वारिष्टा) तालिम सञ्चालन दिने भएको छ । 

 

सोमबारको पदाधिकारी बैठकले १५ जनालाई कोट सिलाउने र १५ जनालाई कफी वारिष्टा तालिम दिने निर्णय गरेको सङ्घका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिए । 

 

गत पुस अन्तिम सातादेखि माघको पहिलो हप्ता सम्म ‘वृहत् रामेछाप महोत्सव’ संचालन गरेर जिल्लाका व्यापार व्यवसायीलाई चलायमान गराएको संघले फेरी पनि तालिम दिएरै भए पनि व्यवसायीसँगै छौँ भन्ने आभास दिलाउन जुटेको सङ्घका अध्यक्ष थापा मगरको भनाई छ । 

 

कोरोना महामारी, आर्थिक मन्दी, चर्को मूल्य वृद्धि लगाएतले सुस्ताएको व्यवसायलाई चलायमान बनाउन नसकिरहेको अवस्थामा दक्ष जनशक्ति उत्पादन गरी व्यापार व्यवसाय र उपभोक्ताको रोजाईला पूरा गर्ने भूमिका खेल्ने उद्देश्यले तालिम दिन लागेको संघको भनाई छ । जिल्लाका व्यापार व्यवसायीहरुको आवश्यकतालाई महशुस गरी तालिम गर्न लागेको अध्यक्ष थापा मगरले बताए । 

 

बैठकले आउँदो असार मसान्त भित्रमा सदस्यता नवीकरण गर्न बाँकी रहेका सबै सदस्यहरूको जरिवाना शूल्कमा समेत छुट दिने निर्णय गरेको छ । ‘संघको विधान पाँचौँ संशोधन २०७८ परिच्छेद को ४.८ क र ख अनुसार सदस्यहरूले आर्थिक मन्दीको कारण देखाई समयमा नै सदस्यता नवीकरण नगरेका हुनाले संघले लिनुपर्ने विलम्ब शुल्क छुट’ दिने पनि निर्णय गरेको संघको सचिवालयले जनाएको छ । 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));