चाडपर्वको समयमा यात्रुलाई थप सहयोग गर्न मन्थलीमा ट्राफिक सप्ताह सुरु (फोटोफिचर)

| असोज २९, २०८० मंगलबार

A A A
A A A

३० असोज, रामेछाप । चाडपर्वको समयमा यात्रुको सहज आवागमन र सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले मन्थलीमा ट्राफिक सप्ताह सुरु भएको छ । सोमबार मन्थली स्थित देवकोटा चोकमा जिल्ला प्रहरी कार्यालय रामेछाप सामुदायिक प्रहरी र जिल्ला ट्राफिक कार्यालयको संयुक्त आयोजनामा सप्ताह शुभारम्भ भएको हो । 

 

सप्ताह शुभारम्भमा मन्थली नगरपालिका मेयर लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली, सामुदायिक केन्द्रका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, पत्रकार सहित स्थानीयहरूको उपस्थिति रहेको थियो । 

 

एक हप्तासम्म प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धी साता व्यापी कार्यक्रम सञ्चालन गर्ने छ ।

 

त्यस्तै पैदल यात्रीहरूलाई बाटो काट्न सचेत गराउने, चालक परिचालक तथा यात्रुहरूलाई ५ मिनेट कक्षा सञ्चालन, यात्रुलाई टिकट दिए नदिएको बुझ्ने, भाडा लिस्ट, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु भए नभएको हेर्ने, आरक्ष सिटको कार्यान्वयनको अवस्था जाँच्ने, बढी भाडा लिए नलिएको, सडकको दायाँ बायाँ रहेको फुटपाथ व्यवस्थापन, जनचेतना मूलक पर्चा टेम्पलेट वितरण गर्ने साथै सडक सरसफाइ लगायतका कार्यक्रमहरू सञ्चालन गरी ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शैलेन्द्र खड्काले जानकारी दिए ।

 

कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि मन्थली माविका २० जना छात्र(छात्रा स्वयंसेवक, प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिने प्रवक्ता खड्काले बताए । 

 

जिप्रकाले यस अगाडि नै मन्थली स्थित देवकोटा चोक र जिल्ला प्रवेश गर्ने मुख्य नाका सेलाघाटमा हेल्प डेक्स सञ्चालन गरी सकेको छ । 

 

तस्बिरहरु जिप्रका