तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि आयोजक सिन्धुलीले जित्यो, रामेछाप उपविजेता

| कात्तिक २१, २०८० मंगलबार

A A A
A A A

२१ कात्तिक, रामेछाप । ‘तेस्रो राष्ट्रिय माझी गोल्ड कप’ फुटबलको उपाधि आयोजक सिन्धुलीले राख्न सफल भएको छ ।  मङ्गलवार (आज) भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा रामेछापलाई पछि पार्दै आयोजकले उपाधि जितेको नेपाल माझी उथान संघ रामेछापका प्रचारप्रसार समितिका संयोजक बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार नेपाल माझी उत्थान संघ सिन्धुली ‘ए’ ले हरिहरपुर गाउँपालिका वडा नं ५ बोटेनी खेल मैदानमा नेपाल माझी उत्थान संघ रामेछापमाथि ७–६ ले जित निकालेको हो । यस अगाडि रामेछापले सिन्धुली, बारा र सिन्धुली 'ए' लाई हराउँदै फाइनलमा पुगेको थियो । 

 

दिउँसो २ बजेदेखि सुरु भएको खेलमा सुरुवाती अग्रता लिएको रामेछापलाई रोक्दै सिन्धुलीले उपाधि चुम्यो । निर्धारित समयसम्म दुवै तर्फ २–२ को बराबरीमा पुगेपछि खेल ट्राइबेकरमा गएको थियो । जसमा सिन्धुलीले ७ गोल गर्‍यो भने रामेछापले ६ गोल मात्रै गर्न सक्यो । 

उपाधि जितेसँगै आयोजक सिन्धुलीले प्रथम पुरस्कार नग २ लाख ६५ हजार ५५५ रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विजेता खेलाडीहरूलाई प्रमुख अतिथि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले पुरस्कार प्रदान गरे । 

 

त्यस्तै उपविजेता रामेछापले १ लाख ३२ हजार २२२ रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । भने सिन्धुपाल्चोकलाई ट्राइबेकरमा ३–२ ले हराउँदै सुनसरी जिल्लाले जितेको छ । उसले नगद ६६ हजार ६६६ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

 

विभिन्न विधामा समेत खेलाडीहरू नगद १५ र १० हजार सहित पुरस्कृत भएका छन् । यही कात्तिक १३ गतेदेखि सुरु भएको देशभरीका माझी समुदायका फुटबल खेलाडी सम्मेलीत खेलमा २३ टिमको सहभागिता रहेको थियो ।  

 

समापन कार्यक्रममा सिन्धुलीका प्रतिनिधिसभा सदस्य (सांसद)  लेखनाथ दाहाल (राजन) सहित नेपाल माझी उत्थान सङ्घका केन्द्रीय अध्यक्ष चिनीमाया माझी, माझी चलचित्र सङ्घका अध्यक्ष पदम कुमारी माझी (सिजिका), नेपाल माझी विद्यार्थी उत्थान सङ्घका अध्यक्ष धनबहादुर माझी, नेपाल माझी उत्थान संघ केन्द्रीय महासचिव तथा जिल्ला अध्यक्ष बबिन्द्रलाल माझी लगायत नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहेको थियो । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));