वृहत् रामेछाप महोत्सव : आज यी कलाकार आउँदै, दोस्रो दिन ७ हजार बढीले अवलोकन गरे

| पुस २८, २०८० शनिबार

A A A
A A A

२८ पुस, रामेछाप । गएको बिहीबार देखि सुरु भएको ‘वृहत् रामेछाप महोत्सव’को तेस्रो दिन आज लोक दोहोरी क्षेत्रका चर्चित कलाकारहरू १० जना आउने भएका छन् । 

 

आयोजकले दिएको जानकारी अनुसार राजन राज शिवाकोटी, गोविन्द गौतम, संगम लामिछाने, उत्तम पौडेल, नकुल गौतम, सिजम सिंजाली मगर, तिर्थ पाख्रिन, नवीन गौतम र युवराज कार्की मनोरञ्जन दिन शनिवार मन्थली आउँदै छन् । 

 

११ दिन सम्म चल्ने महोत्सवको दोस्रो दिन ७ हजार बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । भने एक सय ४० वटा स्टल राखिएको छ । 

 

आयोजक रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरका अनुसार स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिँदै स्टलहरू राखिएको छ भने कृषि र स्थानीय उत्पादन राखिएका ७० वटा स्टल निःशुल्क प्रदान गरिएको छ । 

 

दोस्रो दिन दर्शक राम्रो उपस्थिति भएसँगै कारोबार बढ्ने आङ्कलन पनि आयोजकले लिएको छ । ६८ लाख ५० हजार लागत अनुमान गरिएको यो महोत्सव ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

 

यो पढ्नु छुटाउनु भएयो कि ?

वृहत् रामेछाप महोत्सव : बजार नपाएर ‘खेर’ गइरहेका कृषि उत्पादनले ठाउँ पाए (फोटोफिचर)

वृहत् रामेछाप महोत्सव दोस्रो दिन : आज यी चर्चित कलाकार आउँदै

वृहत् रामेछाप महोत्सवः भोलि प्रमोद खरेल सहितका यी कलाकार आउदै, कुन दिन कुन कलाकार आउने, (सूचीसहित)

वृहत् रामेछाप महोत्सवको तयारी तीव्र, कृषि सामाग्री राख्नेलाई निशूल्क स्टल, पालिका स्तरीय लोक दोहोरी प्रतियोगिता
 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));