राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष वन्त नगद सहित सम्मानित

| फागुन ७, २०८० सोमबार

तस्बिर स्रोत वन्तको फेसबुक ।
A A A
A A A

७ फागुन, रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त नगद सहित सम्मानित भएका छन् । उनलाई नगद ११ हजार एक सय ११ रुपैयाँ सहित सम्मान गरिएको हो । 

 

 

राष्ट्रिय समाचार समिति (रासस) का सिनियर फोटो पत्रकार वन्तलाई ७४ औँ प्रजातन्त्र दिवस पारेर प्रदेश खबर डटकमको प्रथम वार्षिकोत्सवमा नगद र प्रमाणपत्रले सम्मानित गरिएको हो ।

 

 

फोटो पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको हातबाट सम्मान प्रदान गरिएको हो । 

 

 

वन्त काठमाडौँमा रहेर राजनीतिलगायत विभिन्न विधामा फोटो पत्रकारिता गर्छन् । उनी गोरखा पत्रकार समाजका अध्यक्ष पनि हुन् ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));