सिन्धुलीको गोलोन्जोरमा राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारलाई

| पुस १५, २०८० सोमबार

A A A
A A A

१६ पुस, रामेछाप । सिन्धुलीको गोलोन्जोरमा गत शुक्रवार देखि सुरु भएको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जितेको छ । आइतबार सम्पन्न खेलमा १५ स्वर्ण, ८ रजत र ६ कास्यसहित कौशिका माविले ग्वाल्टारले उपाधि जितेको गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । 

 

पालिकासँगको सहकार्यमा गोलोन्जोर गाउँपालिका खेलकुद विकास समितिलेको आयोजना गरेको तीन दिने रनिङ शिल्डमा पालिकाका १० माद्यामिक विद्यालयहरूको सहभागिता रहेको थियो । 

 

त्यस्तै प्रतियोगिता ७ स्वर्ण, ६ रजत र ७ कास्य पदक सहित जन ज्योति माविमा खुर्कोट दोस्रो बनेको छ । भने, ४ स्वर्ण, १ रजत र  ३ कास्यसहित शारदा मावि बेखटाडी तेस्रो भएको छ । विजेता, उपविजेता खेलाडीहरूलाई पालिकाका अध्यक्ष शंकर राज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले र प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले संयुक्त रुपमा शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरे । 

 

भलिबल, कबड्डी, सर्टफुट, दौड, ज्याबलिङ थ्रो लगायतका खेलहरू खेलाइएको थियो ।

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));