प्रदेश सांसद कार्कीले मन्थली नगरपालिका रनिङ शिल्डमा पठाइन् यस्तो लिखित सन्देश (पत्रसहित)

निकै गाह्रो मानेर गरियो बाचन

| पुस ६, २०८० शुक्रबार

A A A
A A A

६ मंसिर, रामेछाप । बागमती प्रदेशकी सांसद माया कार्कीले मन्थली नगरपालिकाले शुक्रवार आजदेखि सुरु गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा लिखित शुभकामना सन्देश पठाएकी छिन् । उनले पठाएको लिखित शुभकामना सन्देश रनिङ शिल्ड कार्यक्रम सञ्चालकले वाचन गरेर कार्यक्रममा सुनाएका हुन् । 

 

मन्थली नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी प्रदेश सांसद कार्कीले आफू अस्वास्थ्य भएको उल्लेख गर्दै ‘छैटौँ रनिङ शिल्ड’मा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै लिखित शुभकामना सन्देश पठाएकी हुन् । २२ वटा माध्यमिक विद्यालयका ७ सय बढी विद्यार्थीहरूले विभिन्न विधामा भाग लिएको तीन दिने नगरपालिका स्तरीय रनिङ शिल्डको सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश सांसद कार्कीले पठाएको पत्र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवं कार्यक्रम सञ्चालक विष्णुबहादुर अधिकारीले पढेर सुनाएका हुन् । 

 

संघीय सांसद पूर्णबहादुर तामाङ कान्छाराम प्रमुख वक्ताको रूपमा उपस्थिति सो कार्यक्रममा प्रदेश सांसद द्वय तारानारायण श्रेष्ठ र आनन्द कुमार श्रेष्ठ समेत उपस्थिति थिए । बोल्ने वक्ताहरू नगरका बाल समूहका अध्यक्ष देखि खेलाडी, पार्टी प्रतिनिधि, शिक्षक, सांसद, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख उपप्रमुख सहित जम्बो वक्ताको लर्को हुँदा कार्कीको लिखित सन्देश पनि वाचन गरिएको हो । ‘उहाँले हामीलाई लिखित सन्देश पठाउनु भएको छ, म पढेर सुनाउँछु’ कार्यक्रम सञ्चालक अधिकारीले उद्घोष गर्दा प्रदेश सांसद आनन्द श्रेष्ठले पर्दैन भन्दा सञ्चालकले पढेर सुनाए, जुन अशोभनीय देखियो, दर्शक दीर्घमा बसेका विद्यार्थी र शिक्षकहरूले मुखामुख गरे । 

 

पूरै शुभकामना सन्देश पढेर सुनाएका सञ्चालकले निकै गाह्रो गरी सन्देश सुनाएका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विशेष कार्यक्रम अनुपस्थित हुनेहरूले सम्बन्धित निकाय मार्फत शुभकामना सन्देश पठाउने गरेको पाइन्छ । तर, जिल्लामा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा लिखित सन्देश पठाएर वाचन गरिएको सम्भवतः यो पहिलो घटना हुने सक्ने दाबी गरिएको छ । 

 

पत्र हेर्नुहोस् 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));