रामेछापको गुम्देल र गोठपानीमा भोलि देखि अरनिको बसको नियमित सेवा, बस नगएमा १० हजार जरिवाना गर्ने यातायातको निर्णय

| मंसिर ४, २०८० सोमबार

A A A
A A A

०४ मंसिर, रामेछाप । यस अगाडि देखिनै बेला मौकामा मात्रै यात्रु ओसार्दै आएको पूर्व अरनिको यातायात सेवाले रामेछापको गुम्देल र गोठपानीबाट अबदेखि नियमित रूपमा सेवा प्रदान गर्नु पर्ने भएको छ । भोलि मङ्गलवारदेखि यी क्षेत्रमा अरनिको यातायात प्रा.लि (बस) ले नियमित  रूपमा सेवा नदिए १० हजार रुपैयाँ सम्म जरिवाना समेत तिराइने निर्णय गरिएको हो । 

 

सोमबार आज पूर्व अरनिको यातायातले काठमाण्डौदेखि बाम्तिभण्डार चल्दै आएको बसले अबदेखि गुम्देलको पनि यात्रु नियमित रूपमा उठाउनु पर्ने निर्णय गरेको छ । 

 

अरनिको यातायात प्रालिका सदस्य सचिव प्रभुराम थापाले एक पत्र मार्फत भोलि (मंसिर ५ गते) देखी लागू हुने गरी बाम्तिभण्डार जाँदै आएको बसले गुम्देल जानु पर्ने र भोली पल्ट बिहान ठाडो खोला सम्म ‘मेल’ ल्याई काठमाण्डौबाट गएको गाडीको यात्रु बोकेर भुसिङ्गा जानुपर्ने र पर्सिपल्ट भुसिङ्गाबाट सिधै काठमाडौँ जाने गरी यात्रु बोक्न निर्देशन दिएका हुन् । 

 

यस अगाडि गुम्देलमा दशैं तिहार लगायतका चाड पर्वको मौका छोपेर नियमित चल्ने भन्दै अरनिको बस जाने गरेको थियो । तर, केही दिन गएपछि गाडी नपुगेको भन्दै रोकिएको थियो ।

 

यता रामेछाप नगरपालिका वडा नं १ गोठपानीमा पनि काठमाण्डौबाट गोठपानी, गोठ गाउँ, क्यु लिई गएको बस सालुमा आई मेल दिई फर्कने गरेकोमा अबदेखि चिउरी डाँडा क्युको बस आएपछि त्यस गाडीको मेल लिई च्याउँके ठाँटी हुँदै रामेछाप गई सोही दिन २ : ३० बजेको समयमा सालु हुँदै पुरानै नियम अनुसार आफ्नो गन्तव्यमा गई बस्नु पर्ने छ । २ : ३० बजेको समयमा सालु हुँदै पुरानै नियम अनुसार आफ्नो गन्तव्यमा गई बस्नु पर्ने सदस्य सचिव थापाले जारी गरेको पत्रमा निर्देशन दिइएको छ । 

 

त्यस्तै केही महिना अगाडि देखि आफ्नो सेवा ओखलढुङ्गामा समेत विस्तार गरेको अरनिकोले भोलि देखी नै लागु हुने गरी कल्लेरी मोडबाट शिषन्दु हुँदै सिरिसे भएर गाम्नाङटार जाने र फर्कँदा पनि सोही रुट हुँदै फर्कनुपर्ने भनिएको छ । 

 

यसरी यातायात समितिले दिएको निर्देशन अनुसार अरनिको बसले यात्रु लिन नगएमा प्रा.लिको नियम अनुसार १० हजारको दरले जरिवाना गर्ने कडा निर्णय सहित निर्देशन दिइएको हो । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));