लिखु तामाकोशीको झट्टेश्वर माविका ४५० विद्यार्थीलाई काँग्रेस नेताहरूले दिए ‘न्यानो कपडा’

| पुस ६, २०८० शुक्रबार

A A A
A A A

६ पुस, रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका सभापति भोजराज खड्का (सुन्दर) ले विद्यार्थीहरूलाई ‘न्यानो कपडा’ प्रदान गरेका छन् । पूर्व विद्यार्थीहरूले गरेको यो सहयोग पछि अध्ययनरत विद्यार्थीहरू हर्षित भएका छन् । 

 

बिहीबार सोही पालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका नेता केशव महतको प्रमुख आतिथ्यता र वडा नं ५ स्थित झट्टेस्वर मावि धोबीका विद्यालय व्यवस्थापन समिति (विब्यस) का अध्यक्ष मानबहादुर तामाङ सहितको उपस्थितिमा झट्टेश्वार माविका ४५० जना विद्यार्थीलाई ‘न्यानो कपडा’ हस्तान्तरण गरेको सभापति खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘यो जाडोमा विद्यार्थीहरूलाई न्यानो होस् भन्ने उद्देश्यले विद्यार्थीहरूलाई टाई, स्विटर, बेल्ड सहित शैक्षिक सामाग्री प्रदान गरेका हौँ ।’

कोरोना महामारी, भूकम्प लगायतका विपद्का बेलामा समेत खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन समेत सहयोग गर्दै आएका काँग्रेस युवा नेता खड्काले पुसको जाडोबाट विपन्न परिवारका बालबालिकालाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले न्यानो कपडा प्रदान गरेको बताएका हुन् । 

 

पालिका भित्रका विद्यार्थीहरूलाई आगामी दिनमा समेत शैक्षिक सामाग्री, जीर्ण रहेका विद्यालय भवन समेत निर्माण गर्ने बचन समेत दिई सकेका खड्का सहित पालिकाको वडा नं ५ का वडा सभापति टेकबहादुर तामाङ, पूर्व (एसपी) अर्जुन खड्का, अस्ट्रेलिया बस्दै आएका उमेश खड्का,अमेरिका बस्दै आएका पराग खड्का, विमल खड्का, प्रधानाध्यापक समेत रहेका रुकमणी बस्नेत (खड्का) सहितको सहयोगमा उक्त न्यानो कपडा प्रदान गर्न सकेको नेता खड्काले बताए । 

‘हामीले विपद्मा परेकाहरूलाई पनि सहयोग गर्दै आएका छौँ’ झट्टेश्वर माविका पूर्व विद्यार्थी समेत रहेका सभापति खड्काले थपे ‘यस विद्यालयका विद्यार्थीहरूको उज्ज्वल भविष्य बनाउनको लागि हामी सहयोगलाई निरन्तर दिन्छौँ ।’ 

 

सबै तस्बिर स्रोत सुन्दर खड्का ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));