तरुण दल रामेछापले चैत ३ मा पहिलो ‘तरुण जिल्ला सम्मेलन’ गर्ने

| फागुन १२, २०८० शनिबार

A A A
A A A

१२ फागुन, रामेछाप । नेपाल तरुण दल रामेछापले आगामी चैत्रमा ‘तरुण जिल्ला सम्मेलन’ गर्ने भएको छ । यो सम्मेलनले युवाहरूमा जागरण ल्याउने र सङ्गठनलाई थप चलायमान बनाउन भूमिका खेल्ने तरुण दल रामेछापको भनाई छ । 

 

 

शनिवार मातृ पार्टी नेपाली काँग्रेस रामेछापको पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा तरुण दल जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षतामा केन्द्रीय सदस्यहरू जितेन्द्र खड्का, सौरव केसी, योगेश श्रेष्ठ र रमेश खड्का सहितको उपस्थितिमा बसेको जिल्ला कार्यसमितिको बैठकले आउँदो चैत्र ३ गते शनिवार तरुण जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको तरुण दल जिल्ला सह–सचिव जीवन कार्कीले रामेछाप टाइम्सलाई बताए । 

 

 

‘यो पहिलो पटक गर्न लागे हौँ । त्यसमा तरुण दललाई थप सक्रिय अभियान थालेर गाउँ–गाउँमा जान अभियान समेत हुने छ’ सह–सचिव कार्कीले भने । 

 

आठ वटै स्थानीय तहमा पालिका समिति समेत रहेको यो सम्मेलनमा जिल्ला भरीका तरुण दल युवा नेताहरूको वृहत् भेलामा भावी कार्य योजनामाथि समेत छलफल, सङ्गठनको अवस्था बारेमा चर्चा परिचर्चा गरिने सह–सचिव कार्कीले प्रस्ट पारे । 

रामेछाप टाइम्स
| बैशाख २४, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));