रामेछापको पासेवनमा घर धनीलाई कुटपिट गरी सुन र पैसा लुटपाट

| चैत १४, २०८० बुधबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१४ चैत, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा घरधनीलाई कुटपिट गरी तीन जना परिचय नखुलेका समूहले सुन र पैसा लुटपाट गरेका छन् । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

गए राति १२ : ३० बजेको समयमा दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं ४ पासेवन ओख्रेनी भन्ने ठाउँका स्थानीय हर्कबहादुर नगरकोटीको घरमा हर्क र उनकी श्रीमती धन लक्ष्मीलाई कुटपिट गरी नगद १५ हजार र दुई तोला सुन लुटपाट भएको हो । 

 

लुटेराहरूको कुटपिटबाट श्रीमान् श्रीमती सामान्य घाइते भएका छन् । 

 

‘मूलढोका फोरेर राति सुन र पैसा लुटेर लगेछन् हामीले राति देखिनै खोजी गर्ने क्रममा दोलखाको मैनापोखरीबाट तीनै जनालाई नियन्त्रणमा लिएर ल्याउँदै छौँ’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन गिरीले रामेछाप टाइम्सलाई भने । 

 

पक्राउ परेकाहरूको बारेमा थप जानकारी यहाँ ल्याएपछि मात्रै हुने प्रवक्ता गिरीले बताए ।  स्रोतका अनुसार यसरी लुटपाट गर्ने उनीहरू जिल्ला बाहिरबाट ‘ग्याङ’ नै बनेर परिचालित भएको आशङ्का गरिएको छ । 

 

पछिल्लो समय दोरम्बा शैलुङ् गाउँपालिकाका विभिन्न वडाहरुमा चोरी र लुटपाटको घटना बढ्दै गएको छ । 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));