रामेछाप टार गाउँका आगलागी पीडितलाई तामाकोशी सेवा समिति सहित तीन समितिको राहत

| चैत १४, २०८० बुधबार

A A A
A A A

१४ चैत, रामेछाप । रामेछापको रामेछाप नगरपालिका ९ टार गाउँका १३ घर आगलागी पीडितहरूलाई तामाकोशी सेवा समिति, मेयरध्वज सेवा समिति (रामेछाप न.पा ८ भँगेरी) र माडवारी सेवा समिति काठमाडौँले राहत प्रदान गरेका छन् । गत मङ्गलवार घटना स्थलमा पुगेर पीडित १३ परिवारका लागि ओढ्ने सिरक, ग्याँस, ग्याँस सिलिन्डर, भाँडाकुँडा, चामल सहित खाद्यन्न जस्तापाता प्रदान गरिएको हो । 

 

विगतदेखि जिल्लामा सामाजिक कार्यमा गर्दै आएको तामाकोशी सेवा समिति वर्ल्ड नेवर्स क्यानडाको आर्थिक सहयोगमा १-१ थान ब्ल्याँकेट, ३० केजीको २-२ बोरा चामल, प्रेसर कुकर, कराई, गिलास, थाल, तेल, दाल लगायतका सामाग्री प्रदान गरिएको तामाकोशि सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठले जानकारी दिए ।

 

त्यस्तै नगरको वडा नं ८ भँगेरीमा स्थित मेयरध्वज सेवा समिति रामेछाप र माडवारी सेवा समिति काठमाडौँले पनि आगलागी पीडित १३ परिवारलाई १ देखि ३ थान सम्म सिरक, ग्याँस, ग्याँस सिलिन्डर र प्रेसर कुकर १–१ थान, कराई, थाल, गिलास, र प्रति घर २–२ बण्डिल जस्तापाता सहयोग गरेको मेयरध्वज सेवा समिति रामेछापका अध्यक्ष वैकुण्ठ श्रेष्ठले जानकारी दिए ।

आगोलागि भएको वडाका वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ र पीडितहरू समेतको रोहबरमा उक्त राहत सामाग्री प्राप्त भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए ।

 

वडा अध्यक्ष श्रेष्ठले जलेका घरहरूको पुनः निर्माण गर्न समेत सरोकारवालाको ध्यानाकर्षण गराए । गत चैत १ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो गाउँमा सल्किँदा  एकै गाउँका १३ घरसंगै २६ घर गोठ जलेर नष्ट भएको थियो । 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));