रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भोलि शोक बिदा

| चैत १४, २०८० बुधबार

दुर्घना भएको सवारी र ज्यान गुमाएका साह ।
A A A
A A A

१४ चैत, रामेछाप । लिखु तामाकोशी गाउँपालिकामा भोलि बिहीबार शोक बिदा दिइएको छ । पालिकाको वडा नं ५ नागदह स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व.राम बाबु साहको गत मंगलबार सवारी दुर्घटनामा परी निधन भएकाले शोक बिदा दिएको गाउँपालिकाले जनाएको छ । 

 

पालिकाले बुधवार जारी गरेको शोक पत्रमा ‘कार्यकालको समयभर निजले राष्ट्रसेवकको रूपमा गाउँपालिका बासी र जनसमुदाय प्रति योगदान गरेको स्मरण गर्दै पालिकाले बिहीबार गाउँ कार्यपालिकाको कार्यालय साथै मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थामा अत्यावश्यक सेवा बाहेक सेवा बन्द हुनेछ’ उल्लेख गरिएको छ । 

 

बुधवार बसेको गाउँ कार्यपालिका बैठकले बिहीबार शोक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जानकारी दिए । 

 

मंगलबार बिहान सवा ६ बजेतिर महोत्तरीको लक्ष्मीनियामा लोहारपट्टीमा बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले साह सवार प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उनको ज्यान गएको थियो ।

 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));