अपडेट : रामेछापको पासेवनमा घरधनीलाई कुटपिट गरी सुन र पैसा लुट्ने सोही ठाउँका २ सहित ३ जना पक्राउ

| चैत १५, २०८० बिहिबार

A A A
A A A

१५ चैत, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ४ स्थित पासेवन ओख्रेनीमा घरबेटीलाई कुटपिट गरी पैसा र दुई तोला सुन लुटपाट भएको घटनामा संलग्न रामेछापका दुई जनासहित तीन जना पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ बस्ने ३४ वर्षीय रोहित बहादुर थापामगर, सोही पालिकाको वडा नं २ बस्ने २२ वर्षीय तेजबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

अर्का एक मकवानपुरको हेटौडा उप-महानगरपालिका वडा नं ५ बस्ने मेबहादुर राइको ४० वर्षीय छोरा खेम राई रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले दोलखाको मागापौवा भन्ने स्थानबाट नियन्त्रणमा लिएको थियो । 

 

उनीहरूले गत मंगलबार राति १२ : ३० बजेको समयमा पासेवन ओख्रेनीका ८८ वर्षीय हर्कबहादुर नगरकोटीको घरमा मूल ढोका फुटाई उनकी श्रीमती धनलक्ष्मी नगरकोटीलाई लछारपछार पारी कोठाभित्र राखिएको २ तोला सुनको गरगहना र नगद रु १५ हजार लुटेका थिए । 

 

सम्बन्धित समाचार 

रामेछापको पासेवनमा घर धनीलाई कुटपिट गरी सुन र पैसा लुटपाट

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));