एसइई सुरु : रामेछापमा १५१२ छात्रासहित २७८० जनाले परीक्षा दिए, १४ जना अनुपस्थित

| चैत १५, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

१५ चैत, रामेछाप । यो वर्षको माद्यामिक तहको वार्षिक परीक्षा एसइई बिहीबार देखि सुरु भएको छ । आजदेखि सुरु भएको परीक्षामा रामेछापबाट एक हजार पाँच सय १२ जना छात्रा र एक हजार दुई सय ३५ जना छात्र गरी कूल दुई हजार सात सय ८० जना विद्यार्थीले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी बालकृष्ण ढुङ्गेलले रामेछाप टाइम्सलाई बताए । 

 

सूचना अधिकारी ढुङ्गेलका अनुसार २७ सय ८० जना विद्यार्थी परीक्षा हलमा पुगेका हुन् । परीक्षा दिने कूल २ हजार ७ सय ९४ जना परीक्षार्थी मध्ये १४ जना बाहेक सबैले पहिलो दिनको परीक्षा दिएका छन् । अन्य केही परीक्षार्थी हाजिरी लगायत प्राविधिक कुरामा नदेखिएको बताउँदै ‘सङ्ख्यात्मक रूपमा १४ जना बाहेक अरू सबै उपस्थित छन् । तर, यसमा एग्जाम्टेट्हरु पनि हुने भएकाले तथ्याङ्कमा कम देखिएको छ ।’

 

जिल्लामा आठ वटा स्थानीय तहमा रहेका २२ वटा परीक्षा केन्द्रबाट परीक्षा लिइरहेको छ । पहिलो दिन उत्साहजनक, शान्तिपूर्ण रूपमा परीक्षा सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेलले बताए । ‘सौहार्दपूर्ण रूपमा परीक्षा सुरु भयो ।’ 

 

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको सम्पन्न भएको छ ।  आजदेखि सुर भएको एसइई चैत्र २७ गते सम्म चल्ने छ । 

 

यो वर्ष रामेछापमा २२ वटा परीक्षा केन्द्रबाट २६९४ जनाले एसइई परीक्षा दिने, तयारी पूरा

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));