माघमा सम्पन्न ‘वृहत् रामेछाप महोत्सव’ ८० प्रतिशत उपलब्धि मूलक, झण्डै ५ लाख नाफामा (भिडिओ/खर्च विवरणसहित)

| चैत २४, २०८० शनिबार

A A A
A A A

२३ चैत, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले गत पुस २६ गतेदेखि माघ ०७ गते सम्पन्न गरेको ‘वृहत् रामेछाप महोत्सव-२०८०’ को आम्दानी र खर्च सार्वजनिक गरेको छ । ११ दिन सम्म कृषि र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर सञ्चालन गरेको दाबी गरिएको सांस्कृतिक महोत्सवले ८० प्रतिशत लक्ष्य पूरा (सफल) भएको आयोजक संघको भनाई छ । 

 

शुक्रवार संघको सचिवालयमा संघका पदाधिकारी सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष नवीन थापा मगरले महोत्सवले जिल्लाका आठ वटा स्थानीय तहमा के-के उत्पादन हुने रहेछन् भन्ने बारे तिनको पहिचान गर्न सफल भएको बताए । ‘कहाँ–कहाँ के–के उत्पादन हुँदो रहेछ । ती वस्तुको पहिचान गरेका छौँ । उत्पादन राम्रो हुनेहरूको बजारीकरणको लागि हामीले अहिले सहजिकरण गर्न पनि थालेका छौँ ।’ 

 

महोत्सवको सफलता स्मरण गर्दै अध्यक्ष थापा मगरले भोटनागीको चिया जति उत्पादन हुन्छ ल्याउनुहोस् हामी पसल-पसलमा राखिदिन्छौँ भनेका छौँ । रिल्दुकले राम्रो बजार पाएको छ । उहाँलाई भ्याई नभ्याई छ बेच्नलाई भने । 

 

उद्घाटन भएको दिन (पहिलो दिन) बाहेकका ५० हजार दर्शकले अवलोकन गरेको बताएको संघले यो पटकको महोत्सव आफूहरूलाई सिकाई भएको तर्क गर्दै संघका अध्यक्ष थापा मगरले भने ‘आगामी दिनमा थप सुधार गरेर स्थानीय उत्पादित वस्तुहरूको बजारीकरण गर्नु पर्ने रहेछ भन्ने राम्रो पाठ सिकेका छौँ’ भने । 

 

जिल्ला सदरमुकाम मन्थलीमा भएको महोत्सवमा आठ वटै स्थानीय तहसहित सङ्घीय र प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले आर्थिक सहयोग प्रदान गरेको संघका कोषाध्यक्ष झनकबहादुर बुढाथोकी ‘उत्तम’ले जानकारी दिए । 

 

उनका अनुसार यो महोत्सवमा हाल सम्म नगद १५ लाख ८२ हजार ७ सय २६ रुपैयाँ आम्दानी भइसकेको छ । भने, बाँकी सहयोग रकम स्थानीय सरकार, प्रदेशका मन्त्रालयहरूबाट आउने क्रममा रहेको कोषाध्यक्ष बुढाथोकीले प्रस्ट पारे । ‘स्थानीय सरकारहरूसँग लिखित सम्झौता भएकाले त्यो रकम आउँछ । अपेक्षित सबै रकम प्राप्त भएमा हामी नाफामा छौँ ।’

 

 

कोषाध्यक्ष बुढाथोकीले खर्च बारेमा प्रस्ट्याउँदै लेखा परीक्षण (अडिट), मासिक विवरण तथा राजश्व जम्मा गर्ने र सम्पूर्ण खर्च सार्वजनिक गर्न पत्रकार सम्मेलनको खर्च बाहेक २७ लाख ३० हजार ४०३ रुपैयाँ भएको बताए । 

 

संघलाई सहयोग गर्ने निकायहरूसँग भएको सम्झौता अनुसारको पैसा प्राप्त भएमा सबै खर्च कटाएर ४ लाख ८९ हजार १८७ रुपैयाँ नाफा हुने बताइएको छ । 

 

विभिन्न स्थानीय जातजातिको झाँकी, कला संस्कृतिको प्रवर्द्धन भएको दाबी गरिएको यो महोत्सवमा कूल ३४ लाख १९ हजार ५९० रुपैयाँको आर्थिक कारोबार गरिएको संघले बताएको हो । 

 

कुन-शिर्षकमा कति खर्च र आम्दानी भयो हेर्नुहोस् विवरण !

महोत्सव सम्बन्धित समाचार माथिको लिङ्मा जोडिएका र तल उल्लेखित समाचार पनि पढ्नुहोस्

वृहत् रामेछाप महोत्सव आज सकिँदै, १० दिनमा ५० हजार बढीले अवलोकन गरे

‘बृहत् रामेछाप महोत्सव’ : दैनिक हजारौँको भीड, ३० हजार बढीले अवलोकन गरे, आज यस कारण झन् भिड्

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));