रामेछापको खाँडादेवीमा सुमो दुर्घटनाः एकै परिवारका तीन बालबालिका घाइते, एकको अवस्था गम्भीर

| चैत २५, २०८० आइतबार

स्रोत सामाजिक संजाल ।
A A A
A A A

२५ चैत, रामेछाप । रामेछापको खाँडादेवीबाट काठमाडौँ तर्फ हिँडेको टाटा सुमो दुर्घटनामा परेको छ । दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् ।

 

 

टाटा सुमो ब्रेक फेल भएर दुर्घटनामा परेको चालक बिष्णु भण्डारीले रामेछाप टाइम्सलाई बताए । दुर्घटनामा खाँडादेवी गाउँपालिकाको वडा नं ९ बेथान बस्नेत दीपेन्द्र भण्डारीका छोराछोरी हुन् । ‘एकै परिवारका हुन् । दाइको अवस्था अलि गम्भीर छ । दुई दिदीबहिनीको मध्यम छ । उहाँहरूलाई अर्को गाडी मार्फत काठमाडौँ पठाइसक्यौँ’ चालक भण्डारीले रामेछाप टाइम्सलाई भने । 

 

गाडीको नम्बर नभनी फोन काटेका चालक भण्डारीले दुर्घटनामा पर्ने दाजुको उमेर अन्दाजी २१ वर्ष रहेको बताए । भने, दिदी बहिनीको ७/८ वर्षीय रहेको बताए । दुई दिदी बहिनीको परिचय खुलाइएको छैन । 

 

खाँडादेवी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष अकल बहादुर भण्डारीले सुमो दुर्घटनामा परेको बताउँदै दुर्घटनामा परेकालाई उद्दार गरी एम्बुलेन्स मार्फत काठमाडौँ पठाइएको रामेछाप टाइम्सलाई बताए ।

 

आइतबार बिहान खाँडादेवी गाउँपालिका वडा नं ८ भदौरेमा पिङ्खुरीबाट काठमाडौँ जाँदै गरेको सुमो गाउँपालिकाको वडा नं ८ र ९ को सिमाना बरबोट भन्ने ठाउँमा रोकेर ओतहाल्न चालक निस्किदा गाडी आफै गुडेर अन्दाजी १०० मिटर तल खस्दा दुर्घटनामा परेको हो । 

रामेछाप टाइम्स
| बैशाख २३, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));