अपडेट : रामेछाप पिङ्खुरीमा सुमो दुर्घटनामा परेका घाइते सबै काठमाडौँ पठाइयो, चालक भण्डारी प्रहरी नियन्त्रणमा

| चैत २५, २०८० आइतबार

A A A
A A A

२५ चैत, रामेछाप । आज बिहान खाँडादेवी गाउँपालिका वडा नं ९ पिङ्खुरी बरबोटमा भएको सुमो दुर्घटनामा परेका सबैको परिचय खुलेको छ । 

 

दुर्घटनामा पिङ्खुरी बस्नेत हेमबहादुर भण्डारीको २४ वर्षीय छोरा दीपेन्द्र भण्डारी र सोही वडा बस्ने रमेश भण्डारीका दुई छोरीहरू १६ वर्षीय एलिशा र १४ वर्षीय यमुना भण्डारी घाइते भएका हुन् । घाइते दुवै दिदीबहिनीको हातखुट्टामा सामान्य चोट लागेको छ । उनीहरूको स्थानी मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि काठ्माण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  

 

त्यस्तै दुर्घटनामा परेका दीपेन्द्र भण्डारीको छाती र मुखमा चोट लाग्दा मध्यम अवस्था रहेको र बोल्न सक्ने अवस्थामै थप उपचारको लागि उनलाई बि.एण्ड.बि. अस्पताल ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता रञ्जन गिरीले जानकारी दिए । 

 

पिङ्खुरीबाट काठमान्डौ तर्फ जाँदै गरेको  ना.१ज.५६२६ नम्बरको सुमो सडकबाट अन्दाजी ३५ मिटर तल खसेको प्रहरीले बताएको हो । 

 

दुर्घटनामा परेको सुमो चालक २२ वर्षीय विष्णु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी चौकी चोप्राङमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरीलाई उदृत गर्दै प्रस्ट पारेको छ । 

रामेछाप टाइम्स
| बैशाख २३, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));