प्रहरीमा भएका कमी कमजोरीलाई सुधार्दै नागरिकको भरोसा योग्य संगठन बनाउँछु– डिएसपी सिंह (भिडिओ)

| चैत २७, २०८० मंगलबार

A A A
A A A

२७ चैत, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप कुमार सिंहले प्रहरी प्रशासनमा रहेका कमी कमजोरी सुधार्दै लैजाने बताएका छन् । समग्रमा रामेछाप जिल्लामा अन्य जिल्लाको तुलनामा कम अपराध भएको उल्लेख गर्दै (डिएसपी) सिंहले भने ‘त्यो हुनुमा तपाई हामी सबै (कर्मचारी, नागरिक समाज, राजनीतिक दल र सम्पूर्ण जिल्लावासीको मिलोमत्तो, सहकार्यमा सफल भएको हो । यसमा प्रहरी प्रशासनको उत्तिकै भूमिका छ जस्तो मलाई लाग्छ ।’ 

 

‘प्रहरी पनि मान्छे हो, केही कमी कमजोरी पक्कै छन्, ती कमजोरीलाई सुधार्दै आम नागरिकको भरोसा योग्य संगठन बनाउन मेरो प्रयत्न हुन्छ’ जिल्लामा सक्रिय पत्रकार एवं संचारकर्मीहरुसंग कार्यालयमा पहिलो भेटघाट गर्दै डिएसपी सिंहले भने । 

 

यही चैत १६ गतेदेखि जिल्ला प्रहरी प्रमुखमा सरुवा भई आएका (डिएसपी) सिंहले प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाटमा आफूले कानुनले निर्दिष्ट गरेको गहन जिम्मेवारी बोकेकाले त्यो पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । 

 

प्रहरी कसैको दबाब, प्रभाव, लोभ–लाल्चा कुनै नपरी ‘सत्य, सेवा र सुरक्षाणम्’ लाई पूर्ण अँगालेर काम गर्नु पर्ने जिकिर गरे । ‘कुनै पनि कुराको प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नु पर्छ र प्रहरीको स्लोगनमा टेकेर काम गरेमा प्रहरीले अरू धेरै गर्न पर्दैन ।’

 

पत्रकार एवं सञ्चारकर्मीहरूबाट जिल्लाको समग्र वस्तुस्थित, पछिल्ला घटनाक्रम र विगतदेखि हुँदै आएका विभिन्न चरण, अनुसन्धान र हालको अवस्था बारेमा जानकारी लिँदै यहाँको परिवेशमा जोडिएर कुशल नेतृत्व गर्ने दोहोर्‍याए । 

 

जिल्लामा रहेको ट्राफिक व्यवस्थापन, जोखिमपूर्ण कच्ची सडक यात्रा, निर्माणाधीन जलविद्युहरुबाट स्थानीयहरूमा भइरहेको दमन, प्रभाव र असर, सञ्चालित तीन पाङ्ग्रे अटोहरुको विधि संवत् तरिकाबाट सञ्चालनमा जोड, भाडादर कार्यान्वयन प्रहरीसँग जोडिएका हरेक गतिविधिलाई छिटो र छरितो बनाउने (डिएसपी) सिंहले प्रतिबद्धता जनाएका हुन् । 

 

साथै पीडित र पिडक सबैको ‘न्याय’लाई केन्द्रमा राखेर न्याय मर्न नदिने धारणा राखे । स्थानीय सरकार, नागरिक समाज, पत्रकार सबैसँग समन्वय र सहकार्य गर्दै आफ्नो जिम्मेवारीलाई प्रत्येक नागरिकको जिऊ, धनको रक्षा गर्ने केन्द्रित हुनेमा जोड् दिँदै जनचेतना र सचेतना मूलक कार्यक्रमलाई गाउँ/टोल सम्म लैजाने योजना सुनाए । 

 

जिल्लामा बढ्दै गएको आत्महत्या, बालिकामाथि हुने सबै खाले यौन दुर्व्यवहार, जबरजस्ती करण, लागू औषध प्रयोगलाई कडाइका साथ कानूनी दायरामा ल्याउने बताउँदै त्यसको लागि प्रहरी कर्मचारीलाई तत्कालै निर्देशन गर्ने बताए । 

 

गल्ती गर्ने जोकोही भए पनि कानूनी दायरामा आउने भन्दै प्रहरी कोही कसैले गल्ती गरेको प्रमाणसहित भए तत्काल कारबाही गर्ने जिकिर गरे । 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));