दुई महिलाले रामेछापको सुनापतिमा लगाएको ठुलो परिमाणको ‘अफिम’ प्रहरीले यसरी नष्ट गर्‍यो (भिडिओ)

| चैत ५, २०८० सोमबार

A A A
A A A

५ चैत, रामेछाप । गत फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीमा ठुलो मात्रमा लगाइएको अवस्थामा बरामद गरिएको लागू औषध (अफिम) सोमबार नष्ट गरिएको छ ।हिलेदेवीका मेखबहादुर तामाङ र जगत तामाङको अन्दाजी ६ रोपनी घर जग्गा भाडामा लिएर लागू औषध खेती गर्दै आएको पाइएपछि दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो ।

 

उक्त (अफिम) जिल्ला प्रहरी कार्यालय रामेछाप परिसरमा प्रहरी प्रमुख (डिएसपी) होमबहादुर पराजुली, मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि), वडा नं ४ सालुका वडा अध्यक्ष राजन घिमिरे, जिल्ला अदालत रामेछापका प्रतिनिधि, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे सहित पत्रकारहरुको उपस्थितिमा सोमबार खाल्डो खनेर गाडिएको हो । 

 

अफिम खती गर्ने रुकुम पुर्वीभेग पुथा उत्तरगंगा गाउँपालिका १ घर भई हाल सुनापती गाउँपालिका ३ बस्दै आएकी ६८ वर्षीय बुद्दि माया पुन मगर (गुरुङ) र सोही ठाउँकी वडा नं ५ घर भई हिलेदेवी बस्दै आएकी ४२ वर्षीय कान्छी  विरुद्ध लागू औषध विरुद्ध मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिप्रका रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए । 

उक्त घटनामा कानुन अनुसार जग्गा धनी समेत कानुनी दायरामा पर्ने व्यवस्था रहेको छ । ‘कानुन अनुसार सबैमाथि अनुसन्धान भइरहेको छ’, प्रवक्ता गिरीले भने ।

वृद्ध महिला सहित दुई महिलाले हिलेदेवीका जग्गा धनी र स्थानीयहरूलाई झुक्काएर अफिम खेती गर्दै आएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । 

 

भिडिओ हेर्नुहोस् ।

 

रामेछाप टाइम्स
| बैशाख २३, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));