मन्थली–लुक्ला उडान सुरु, मन्थली बजारमा बढ्यो पर्यटकको चहल पहल

| चैत १३, २०८० मंगलबार

A A A
A A A

१३ चैत, रामेछाप ।  रामेछापको मन्थली देखि सोलु खुम्बुको लुक्लामा यो सिजनको दैनिक उडान सुरु भएछ । नियमित उडान हुन थालेपछि मन्थली बजारमा पर्यटकहरूको चहलपहल पनि बढेको छ । वसन्त ऋतुको आगमनसँगै यो सिजनको हवाई उडान गत हिजो सोमबारदेखि नियमित रूपमा सुर भएको रामेछाप विमान स्थल कार्यालयले जनाएको छ । 

 

मन्थली विमान स्थल कार्यालयका वरिष्ठ अधिकृत प्रज्वल गुरागाईँले रामेछाप टाइम्ससंग भने ‘मार्च २५ बाट नियमित रूपमा उडान सुरु भएको हो । अहिलेलाई सिता र समिटले नाइट यही बसेर यात्रु बोक्न थालिसके ।’

 

विमान स्थल कार्यालयका अनुसार आउँदो अप्रिल १ तारिक देखि तारा एयरलाइन्सले पनि नाइट बसेर (राति जहाज राखेर) उडान गर्ने बुझिएको छ । ‘पत्र आइसकेको छैन । तर, अप्रिल १ बाट उडान गर्ने सम्भावना छ ।’ 

जिल्ला सदरमुकाम मन्थली स्थित रामेछाप विमान स्थलबाट अहिले दैनिक ६० देखि ७० वटा सम्म उडान भइरहेको गुरागाईँको भनाई छ । ‘६० देखि ७० को एब्रेजमा उडान भइरहेको छ ।’

 

सगरमाथा सहित आसपास जाने विदेशी पर्यटकहरूलाई काठमाडौँबाट बिपी राजमार्ग खुर्कोट हुँदै मन्थली सम्म गाडीमा ल्याएर यहाँबाट जहाजले लुक्ला पुर्याउदै आएको छ । 

 

केही दिन यता मौसममा परिवर्तन भइरहे पनि मन्थलीबाट उडानको लागि कुनै समस्या नरहेको प्रस्ट पार्दै दिउँसो लुक्लामा हावा बेस्सरी चल्दा र भिजिबिलिटीको कारण सामान्य समस्या बाहेक अन्य समस्या नरहेको वरिष्ठ अधिकृत गुरागाईँले प्रस्ट पारे । 

 

विगतका वर्षदेखि नै पर्यटकीय सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले एयर ट्राफिक जाम नहोस् भनेर एयरलाइन्सहरूले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्ला पठाउँदै आएका छन् । 

 

मार्चको २५ तारिक चैत्र १२ गते देखि सुरु भएको यो सिजन आउँदो मे सम्म चल्ने छ । भने दोस्रो सिजन सेप्टेम्बर देखि नोभेम्बर÷डिसेम्बर (असोजको पहिलो सातादेखि मंसिरको पहिलो सातासम्म) उडान हुँदै आएको छ । 

 

पर्यटकीय सिजन सुरु भएसँगै मन्थली बजारमा पनि पर्टयकहरुको आगमन बढेको छ । होटलहरुमा प्राय पर्यटक देखिन्छ । साँझ, बिहान देवकोटा चोक आसपास सहितका होटेल, चोक र पसलहरूको अवलोकन गर्ने देखि खरिद बिक्री गर्नेहरूको चहलपहल देखिन्छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));