रामेछाप मन्थलीका ६ वटा साना गाडी काउन्टर प्रमुखहरू एकभए : यात्रुलाई सुविधा दिन सहज तरिकाले अबदेखि यसरी मिलेर बोक्ने छन् ?

| चैत १३, २०८० मंगलबार

A A A
A A A

१२ चैत, रामेछाप । विगतमा रामेछाप जिल्लाबाट प्रतिस्पर्धात्मक रूपमा यात्रु बोकेर संचालन हुँदै आएका साना गाडी सञ्चालकहरूले अब संयुक्त रूपमा सेवा प्रदान गर्ने निर्णय गरेका छन् । यसो गर्दा अब यात्रुलाई यो वा त्यो (मेरो) गाडी चढ्नु भनेर तानातान गरेर सास्ती खेप्नु नपर्ने भएको छ । 

 

गत आइतबार जिल्ला सदरमुकाम मन्थलीमा संचालित यातायात समितिका काउन्टर प्रमुखहरूको एक छलफलले संयुक्त रूपमा ‘रुटिङ’ मिलाएर यात्रु बोक्ने सहमति भएको गणेश हिमाल तराई यातायात समितिका प्रमुख सुदीप थापाले रामेछाप टाइम्सलाई बताए । 

 

‘हामीले यात्रुको सुविधालाई मध्यनजर गरेर सहज रूपमा यात्रु बोक्ने निर्णय गरेका हौँ’, थापाले भने । 

 

गणेश हिमाल तराई यातायातका थापाका अनुसार थापा र पिटर माझीसहित वेणी त्रिवेणी यातायात प्रा.लि.का सोनाम थापा मगर, कुशेश्वर यातायात प्रा.लि.का राजु श्रेष्ठ र जीवन माझी, खाँडादेवी यातायातका प्रा.लि.का भुवन खत्री र पूर्ण माझी, हिमगंगा यातायात  प्रा.लि.का विकास बाबु श्रेष्ठ, र रोयल सिटी भिलेज यातायात प्रा.लि.का शीतल श्रेष्ठ र राम कृष्ण विशेन्केबिच भएको छलफलले संयुक्त रूपमा समन्वय र सहकार्यमा यात्रु बोक्ने सहमति भएको हो । 

 

‘पहिले हामी प्रतिस्पर्धा गरेर यात्रु बोक्दै आएको थियो । अब रुटिङ अनुसार मिलेर बोक्छौँ’ प्रस्ट पार्दै थापाले रामेछाप टाइम्ससंग  भने । 

 

जिल्ला भित्र र बाहिर चल्ने सबै साना गाडीहरू (टाटा सुमो र इलेक्ट्रिक गाडी (ईभी) ) ले अबदेखि एकै भाडादरमा यात्रु बोक्ने सहमति गरेको हिमगंगा यातायात मन्थली काउन्टरका प्रमुख विकास बाबु श्रेष्ठले पनि प्रस्ट पारे । ‘मिलेर यात्रु बोक्दा सबैलाई सहज हुने परिस्थिति देखेर अबदेखि समन्वयमा यात्रु बोक्ने निर्णयमा पुगेका हौँ ।’ थप प्रस्ट पार्दै विकासले भने ‘हाम्रो काउन्टर छुट्टा छुटै हुन्छ । तर, यात्रु बोक्दा रुटिन अनुसार बोक्छौँ ।’ 

 

प्रतिस्पर्धात्मक रूपमा चल्दा यात्रीहरूले विभिन्न बहानामा दुःख पाउने गरेका थिए । अब साना गाडीमा यात्रा गर्ने यात्रीले यस्ता दुःख भोग्न नपर्ने यातायात टिमको दाबी छ । गुम्देलदेखि गोश्वारा सम्मका यात्रु ओसारपसार गर्दै आएका साना गाडीहरूले अब एकै भाडा दरमा यात्रु बोक्ने छन् । 

 

यसरी जिल्लाभर यात्रु बोक्ने छ वटा यातायात समिति एक भएर सेवा दिँदा सकारात्मक सन्देश जाने दाबी समेत उनीहरूले गरेका छन् । 

 

जिल्लाका दुर्गम बस्ती–बस्तीमा सिन्डिकेटको रूपमा चल्दै आएको अरनिको यातायात समिति बाहेक ६ वटै यातायात सेवा समितिहरूले मिलेर यात्रु बोक्नको लागि आफूहरू सँग साना गाडी झन्डै दुई सयको हाराहारीमा रहेको हिमाल तराई काउन्टर प्रमुख थापाले जानकारी गराए । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));