रामेछाप नगरपालिकाले कुकुरको स्थायी बन्ध्याकरण गर्न शिविर चलाउँदै

| चैत १३, २०८० मंगलबार

A A A
A A A

१३ चैत, रामेछाप । रामेछाप नगरपालिकाले कुकुरको प्रजनन दर रोकथाम गर्न र रेबिज रोगको नियन्त्रण गर्न शिविर संचालन गरेर कुकुर बन्ध्याकरण गर्ने भएको छ । 

 

 

मंगलबार एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक एवं घरपालुवा कुकुरहरूको प्रजनन दर कम गरी सो रोग नियन्त्रणमा सहयोग पुर्‍याउन कुकुरहरूको स्थायी बन्ध्याकरण गर्न लागेको जानकारी दिएका हुन् । 

 

 

पछिल्लो केही समय यता नगरमा छाडा कुकुरहरूको संख्या बढ्दै गएको देखिन्छ । भने, छाडा कुकुरहरूले बेला-बेलामा पैदल यात्रुलाई पनि जथाभाबी टोकेर दुःख दिने गरेका छन् । 

 

 

‘नगरबाट सञ्चालन हुने शिविरमा कुकर नियन्त्रणका लागि आउने टोलीलाई आफ्नो गाउँ बस्तीमा भएका सामुदायिक तथा घरपालुवा कुकुरहरू बन्ध्याकरण गर्ने कार्यमा सहयोग गर्न’ समेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));