वैशाख ६ गतेदेखि रामेछापमा ‘तेस्रो ग्रामीण चलचित्र महोत्सव’ : २ दर्जन चलचित्र निःशुल्क देखाइने, कलाकार पनि आउने

| चैत १४, २०८० बुधबार

A A A
A A A

१४ चैत, रामेछाप । रामेछापमा आउँदो वैशाख ६ गतेदेखि तीन दिने चलचित्र महोत्सव हुने भएको छ । जिल्लामै पहिलो यहाँको स्थानीय परिवेश, गाउँ–ठाउँ, रीतिरिवाज, परम्परा र कथा वस्तुको चलचित्रको माद्यमद्वार प्रवर्द्धक गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको आयोजक सेलिब्रेटी नेपालीका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । 

 

बुधवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष सापकोटाले वैशाख ६ देखि ८ गते सम्म रामेछाप नगरपालिकाको वडा नं ८ रामेछाप बजारमा नेपाली चलचित्रहरूको निःशुल्क प्रदर्शनी, चलचित्रकर्मीहरुसंग छलफल एवं साक्षात्कार गर्ने गरी महोत्सव गर्न लागेको बताए ।

 

‘चलचित्रकर्मीहरू पनि हामीसँग आउनुहुन्छ । स्थानीय परिवेशलाई सिने क्षेत्रसँग जोडेर कसरी प्रचार गर्न सकिन्छ भनेर हामी छलफल गर्छौँ’, उनले थप प्रस्ट पार्दै भने ‘कलाकारहरूले भोलिका दिनमा रामेछाप आएर कसरी सुटिङ गर्न सक्छन् भनेर पनि हामीले विशेष छलफल गर्छौँ ।’

 

गाउँले परिवेशमा निर्माण हुने चलचित्र कै बारेमा महोत्सवमा छलफलमा जोड् दिने तयारी आयोजकको रहेको बुझिएको छ । 

 

अध्यक्ष सापकोटाका अनुसार महोत्सवमा देखाइने चलचित्रहरूका कलाकारहरू पनि यहाँ आएर दर्शकहरूसँग साक्षात्कार गर्ने छन् । कुन–कुन कलाकार आउने भन्ने बारेमा अहिले नै टुङ्गो नलागेकाले अबको केही दिन पछि को–को कलाकार यहाँ आउँछन् भनेर जानकारी गराउने उनले प्रतिबद्धता जनाए । 

 

यसअगाडि नै सिनेमा हलमा प्रदर्शन गरिएका र नगरिका चलचित्रहरू सहित विभिन्न जातजाति, भाषाभाषि र समुदाय विशेषलाई आधार मानेर ‘गाउँले परिवेश’मा बनाएका चलचित्र, डकुमेन्ट्री, छोटा फिल्महरू सहित दुई दर्जन बढी चलचित्रहरू महोत्सवमा निःशुल्क देखाइने सापकोटाले बताए । 

 

‘यो महोत्सवमा कलाकारहरू सहित कथाकार, निर्देशक लगायत फिल्म बनाउने सबै आउने हुँदा यहाँको कथा, विषय वस्तु पनि उहाँहरूले बुझ्नु हुन्छ र त्यसमा पनि फिल्म बनाउन सक्ने बारे प्रस्ट्याउँदै यो महोत्सव जनप्रतिनिधि, स्थानीय सरकार, कलाकार सबैलाई जोड्न सहयोग पुग्ने उनको विश्वास थियो । ‘सबै यहाँ आउने भएकाले छलफल हुन्छ । विचार विमर्श हुन्छ ।’

 

अहिले पनि गाउँले परिवेशमा बनेका चलचित्रहरूले राम्रो बजार पाएको उल्लेख गर्दै गाउँको परिवेशको कथालाई आफूहरूले जोड् दिने उनको भनाई छ ।  यसअगाडि गोर्खामा ‘दोस्रो ग्रामीण फिल्म चलचित्र महोत्सव’ गरेको जानकारी गराउँदै ‘तेस्रो चलचित्र महोत्सव’ रामेछापमा गर्न लागेको बताए । 

 

आयोजक आफैको आर्थिक व्यवस्थापनमा कार्यक्रम हुन लागेको बताउँदै चलचित्र बोर्ड र अन्य केही व्यक्तिहरूको सहयोग रहेको उनको भनाई छ । साथै महोत्सव उद्घाटनमा विभिन्न जातजाति, भाषा भाषिका झाँकी प्रदर्शन गर्ने तयारी भइरहेको जिल्लामा कार्यक्रम संयोजक गरी रहेका कमल मगरले जानकारी गराए ।  

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));