खाँडादेवी मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चडेको गाडी रामेछापको चरिखोलामा दुर्घटना, १० जना घाइते

| बैशाख १, २०८१ शनिबार

फाइल फोटो ।
A A A
A A A

१ वैशाख, रामेछाप । रामेछापको खाँडादेवी मन्दिर दर्शन गरेर फर्किएको इलेक्ट्रिक गाडी दुर्घटना हुँदा नयाँ वर्षको दिन शनिबार (आज) दश जना घाइते भएका छन् । दुर्घटना गाउँपालिका वडा नं ३ चरिखोलामा भएको हो ।

 

घाइते हुनेमा काभ्रेको बनेपा नगरपालिका वडा नं १० बनेपा बस्ने ३७ वर्षीय सरिता दाहाल, सोही ठाउँका ५६ वर्षीय हरि शंकर दाहाल, बिन्दा तिमल्सिना, आर्सु थापा, सरिता थापा, सुमित्रा थापा,  समीर दाहाल, अनुसा के.सी., धुर्व खतिवडा र प्रगति पाण्डे रहेका छन् ।

 

शनिबार दिउसो ३  १५ बजे तिर खाँडादेवी मन्दिर दर्शन गरेर बनेपा फर्किँदै गरेको बा ४ ख २०६० नम्बरको इलेक्ट्रिक भ्यान अचानक ब्रेक फेल भएर सडकबाट अन्दाजी ५०मिटर तल खसेको इलाका प्रहरी कार्यालय चोप्राङ्ले जनाएको हो ।

 

घाइतेहरूको प्रहरी सहितको टोलीले उद्दार गरी थप उपचारको लागि सबैलाई धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइतेहरूको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ ।  घाइते सरिता दाहालकोबायाँ हात भाँचिएको छ । उनको अवस्था मध्यम रहेको छ ।

 

त्यस्तै तिमल्सिनाको अगाडीको ३ वटा दाँत भाँचिएको छ । भने, अनुहारमा सामान्य चोट लागेको छ ।  आर्सु थापाको कम्मरको बिच भाग नचलेको र अवस्था मध्यम रहेको छ । घाइते सबैको उद्दार गरी पठाइएको छ ।

 

दुर्घटनामा परेको इलेक्ट्रिक गाडीका चालक ललितपुरको गोदावरी नगरपालिका वडा नं १ गोदावरी बस्ने ४३ वर्षीय सागर कुँवरलाई प्रहरी चौकी बेथान सित्खाले नियन्त्रणमा लिएको  छ

 

रामेछाप टाइम्स
| बैशाख १७, २०८१ सोमबार
रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));