रामेछापमा आजदेखि ग्रामीण चलचित्र महोत्सव : प्रदीप, आर्यन, झरनासहित यी कलाकार आउने, दिमाग खराबसहित ४ चलचित्र निःशुल्क देखाइदै

| बैशाख ६, २०८१ बिहिबार

A A A
A A A

६ वैशाख, रामेछाप । रामेछापमा आज (बिहीबार) ६ गतेदेखि ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा सुरु हुँदै छ । यो चलचित्र महोत्सवमा विभिन्न ठुलो पर्दा तथा भाषाभाषि, डकुमेन्ट्री सहित दुई दर्जन बढी चलचित्र निःशुल्क रूपमा प्रदर्शन गरिने भएको छ । साथै, ती चलचित्रसँग जोडिएका कलाकारहरू पनि यहाँ आएर दर्शकसँग साक्षात्कार गर्ने आयोजकले जनाएको छ । 

 

पर्सी ८ गते सम्म सञ्चालन हुने चलचित्र महोत्सवको सबै तयारी पूरा भएको आयोजक सेलिब्रेटी नेपालले जानकारी दिएको छ । 

 

रामेछाप नगरपालिका र चलचित्र विकास बोर्ड सहितको सहकार्यमा हुन लागेको महोत्सवमा राष्ट्रिय स्तरमा चर्चा बटुलेको दिमाग खराब, नाङ्गो गाउँ, बुलाकी, विच्छेद,सतीदेवी र डेसान निःशुल्क देखाइने आयोजक सेलिब्रेटी नेपालले भनेको छ । 

 

ठुलो पर्दाका यी चलचित्रहरूका कलाकारहरू पनि यहाँ आउने बताउँदै प्रदीप खड्का, बेनीशा हमाल, महेश त्रिपाठी, आर्यन सिग्देल, मुकुन भुसाल, झरना थापा लगायतका चर्चित नायक नायिका  यहाँ आउने सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । साथै विभिन्न फिल्म निर्देशक, निर्माता र चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल र नेपाल पर्यटन बोर्डका प्रबन्धक निर्देशक सूर्य थपलिया पनि आउने आयोजक सेलिब्रेटी नेपालको भनाई छ । 

 

रामेछाप डाँडा स्थित गौरीशंकर माविमा चलचित्र प्रदर्शन गर्ने तयारी रहेको बुझिएको छ । आयोजकले आज बिहीबार बिहान १० देखी १२ बजेसम्म नाङ्गो गाउँ, दिउँसो १२ देखी २ बजेसम्म दिमाग खराब र दिउँसो ३ देखि ५ बजेसम्म विच्छेद चलचित्र प्रदर्शन गर्न लागेको जनाएको छ । 

 

 

त्यस्तै भोलि शुक्रवार दिउँसो २ देखी ४ बजेसम्म डेसान र ४ देखि ६ बजेसम्म बुलाकी चलचित्र प्रदर्शन गर्ने कार्य तालिका रहेको बताएको छ ।  पर्सी शनिवार बिहान १० देखी १२ः ३० बजेसम्म सतीदेवी चलचित्र प्रदर्शन हुने र त्यसपछि सर्ट फिल्म, डकुमेन्ट्री, भाषा भाषीका छोटा फिल्महरू प्रदर्शन हुने कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगरले जानकारी गराए । 

 

तीन दिने चलचित्र महोत्सवमा कलाकार, निर्देशक, निर्माताहरुले यहाँ आएर दर्शकहरूको फिल्म प्रतिको भियू बुज्ने, सुझाव सल्लाह लिने र यहाँ देखिएको वातावरण फिल्म बनाउनको लागि उपयुक्त भए नभएको वास्तविकता हेर्ने लगायतका कार्यक्रमहरू राखिएको छ । 

 

साथै स्थानीय सरकार, जनप्रतिधिहरुसंग पनि छलफल अन्तरक्रिया हुने बताइएको छ । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));