विश्वभर एकै दिन २१ लाख ८१ हजार कोरोना संक्रमित : सबैभन्दा बढी फ्रान्समा २ लाख १४ हजार

| माघ २३, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

२३ माघ, विश्वभर एकै दिन २१ लाख ८१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएका संक्रमितमध्ये सबैभन्दा बढी फ्रान्समा २ लाख १४ हजार ५०० जना रहेका छन्।

 

यस्तै‚ रुसमा १ लाख ७७ हजार, जर्मनीमा १ लाख ६६ हजार ६००, ब्राजिलमा १ लाख ५४ हजार २००, भारतमा १ लाख ३ हजार, टर्कीमा ९८ हजार ७००, जपानमा ९४ हजार ४, इटलीमा ९३ हजार र अमेरिकामा ९१ हजार ५६१ संक्रमित थपिएका छन्।

 

सोही अवधिमा कोरोना संक्रमणबाट आठ हजारजनाको मृत्यु भएको छ।

 

मृतकमध्ये अमेरिकामा ९५२, भारतमा ८६५, ब्राजिलमा ८००, रुसमा ७१४, मेक्सिकोमा ६००, बेलायतमा २६९ जना छन्। योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ लाख ५१ हजार पुगेको छ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));