रामेछाप प्रशासनले माग्यो सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण भएको प्रमाणसहितको विवरण

| बैशाख ५, २०८१ बुधबार

A A A
A A A

५ वैशाख, रामेछाप । रामेछापमा सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण एवं दुरुपयोग भएको जानकारी गराउन जिल्ला प्रशासन कार्यालय रामेछापले आह्वन गरेको छ । ‘अतिक्रमण वा दुरुपयोग भएको भए प्रमाण वा विवरण उपलब्ध गराउनू’ प्रशासनले पत्र जारी गर्दै भनेको छ । 

 

मंगलबार एक पत्र जारी गर्दै त्यस्तो जग्गा अतिक्रमण र दुरुपयोग गरेको भएको भए विवरण उपलब्ध गराउन स्थानीय तहलाई समेत पत्राचार गएको पनि जानकारी गराएको हो । 

 

जिल्ला प्रशासन रामेछापले जारी गरेको पत्रमा भनिएको छ ‘जिल्लामा सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको ऐलानी, सन्धीसर्पन, गौचरण, घाट आदि जग्गाहरू कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएको, बलजफती अतिक्रमण वा कब्जा गरी निजी रूपमा दर्ता गरेको दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्य विपरीत निजी रूपमा कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी सार्वजनिक एवं स्वामित्वमा रहेको ऐलानी, सन्धीसर्पन, गौचरण, घाट आदि जग्गाहरू पूर्ववत् अवस्थामा कायम गर्ने ।’

 

जानकारी दिन चाहनेले सत्य, तथ्य सूचनाहरू गृह मन्त्रालय वा जिल्ला प्रशासनमा सोझै वा इमेल मार्फत पनि जानकारी गराउन सक्ने भनिएको छ । जिल्लामा रामेछापको मन्थली नगरपालिका वडा नं १३ स्थित मिल्ती बजार, सोही नगरको वडा नं १४ स्थित फुलासी पोखरी लगायतका स्थानमा जग्गा अतिक्रमण भएको देखिन्छ । 

 

त्यस्तै रामेछाप नगरको रामेछाप बजार, गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरे गर्जाङ् स्थित खरानेटार दोरम्बा शैलुङ् गाउँपालिका दोरम्बा बजार सहित विभिन्न क्षेत्रमा सरकारी एवं सार्वजनिक जग्गा अतिक्रमण गरी बजारै राखिएको सरोकारवाला बत्ताउँछन् । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));