‘उत्पादनशील क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्छ, सबै बैंकले गर्छन्, योजना लिएर आउनुस्’- प्रबन्धक दाहाल (भिडिओसहित)

| असोज ६, २०७९ बिहिबार

A A A
A A A

६ असोज, रामेछाप । राष्ट्रिय वाणिज्य बैंक (रा.ब) मन्थली शाखा रामेछापका प्रबन्धक मुकेश दाहालले (रा‍.ब) ले उत्पादनशितल क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आर्थिक स्रोत नभएरै चिन्तित भएर बस्नु पर्ने दिन अब नरहेको प्रमुख दाहालको भनाई छ । 

 

बिहिबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै शाखा प्रमुख दाहालले उद्यामशित बन्न चाहनेको लागि सबै बैंकहरुले लगानी गर्ने बताए । उनले भने ‘उत्पादनशिल क्षेत्रमा सबै बैंकले लगानी गर्छन्, (रा.ब) त, झन पूर्ण सरकारी सवामित्व भएको बैंक हो । हामी उद्मशिल बन्न चाहने र उत्पादनशिल जुनसुकै क्षेत्रमा लगानी गर्छ । उद्यमी गर्ने योजना, भिजन लिएर हामीसँग आउनुहोस् रा.ब सहकार्यको लागि सधैँ तयार छ ।’

 

जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली नगरपालिकाले सहुलियतपूर्ण ऋण कर्जा उपलब्ध गर्ने रा.बसंग गरेको सम्झौताको बारेमा जानकारी गराउँदै शाखा प्रबन्धक दाहालले स्थानीय सरकारले स्थानीयलाई उद्यामशित र उत्पादन मुखी बनाउन भूमिका खेलेमा आफूहरु त्यसमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए । 

 

२ वर्षदेखि जिल्ला सदरमुकाम मन्थली शाखामा आएपछि सरकारी बैंकलाई सेवाग्राही मैत्री र विश्वासिलो बनाउन लागि परेको जानकारी दिँदै शाखा प्रमुख दाहालले सेवाग्राहीको आवश्यकताको आधारमा सेवा प्रदान गर्न केन्द्रीय रहेको जानकारी दिए । ‘म आएपछि कुनै दिन, सार्वजनिक बिदामा पनि बैंक खुलाएर सेवा प्रवाह गर्ने, कहिले बिहान ९ बजेदेखि खुल्ला गर्ने, भिडभाडलाई व्यवस्थापन गर्ने जस्ता काम गर्दैछु । यसलाई अझ व्यवस्थित बनाउन के गर्नु पर्छ हामीलाई भन्नुहोस्, त्यो गर्छौँ उनले भने ।’ वाणिज्य बैंकको कुनै पनि समस्या आफूलाई सिधा भन्ने उनको आग्रह छ । 

 

उत्पादनशिल क्षेत्रमा लगानी गर्नकै लागि अहिले आफू जिल्लाका विभिन्न स्थानीय तहका वडा, टोल, बस्तीमा पुग्दै आएको सुनाउँदै शाखा प्रमुख दाहालले लगानीलाई सुरक्षित बनाउँदै सेवा पर्बाह गर्ने दोहोर्‍याए । उनले स्थानीय सरकारले नागरिकका आवश्यकलाई बुझेर लगानी गर्न बैंकसंग समन्वय गर्न जोड् दिए । 

 

शाखा प्रमुख दाहालले नजिकिएको नेपालीहरुको बडादशैको सम्पूर्णमा शुभकामना व्यक्त गरे ।

 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));