रामेछापबाट बिदा भए प्रजिअ पहाडी : को आउदै छ रामेछापमा ?

| असोज १०, २०७९ सोमबार

A A A
A A A

१० असोज, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपक पहाडी महोत्तरी गएका छन् भने शोभाकर रेग्मी रामेछाप आउने भएका छन् । 

 

एक वर्ष भन्दा बढी जिल्लामा (सिडिओ) प्रमुख जिल्ला अधिकारी भएर काम गरेका पहाडीलाई सरकारले गरेको पछिल्लो सरुवाको क्रममा महोत्तरी पठाएपछि सोमबार कार्यालयमा भएको फेरी भेटौला अर्थात् बिदा भई महोत्तरी गएका हुन् ।

प्रशासनका कर्मचारीहरुसंग सामूहिक तस्विर खिचाउदै प्रजिअ दीपक पहाडी । 

उनी गत २०७८ साल असोज महिनामा जिल्ला आएका थिए । कोरोना महामारी लगायतले थिलथिलो पारेको बेलामा उनी जिल्ला आएका थिए । उल्लेखनीय नयाँ काम नगरे पनि प्रजिअ पहाडी विवादमा पर्ने काम पनि गरेनन् । 

 

त्यस्तै प्रजिअ पहाडीसगैँ केशव निरौला पनि बिदाई भएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिएका बेलामा जिल्लाको प्रजिअमा हाल गृह मन्त्रालयमा कार्यरत शोभाकर रेग्मी आउने भएका छन् । 

 

को-को बिदाई भए । 

आइतबार रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे करिब दुई वर्ष सम्म नगरमा काम गरेर सरुवा भएका छन् । उनको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख लब श्रीन्यौपाने र उप्रमुख बालाकुमारी कार्कीसहितले बिदाइ गरे ।

 

त्यस्तै जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल पनि सरुवा भएका छन् । उनी मन्त्रालयमा तानिएका छन् । उनको भोली मंगलबार बिदाई हुने तयारी रहेको बताइएको छ । 

 

त्यस्तै केही दिन अगाडि सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठ पनि बिदाई भएका थिए । उनी पनि मन्त्रालयमा तानिएका छन् । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));