मन्थलीको तल्लो सुनारपानीमा १३ वर्षीय बालकले गरे आत्महत्या, उनको ‘रिजल्ट’ आजै आउँदै थियो

| पुस ३०, २०७९ शनिबार

संकेतिक तस्विर ।
A A A
A A A

३० पुस, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको सुनारपानीमा १३ वर्षीय बालकले आत्महत्या गरेका छन् । नगरपालिकाको वडा नं ५ स्थित तल्लो सुनारपानीका १३ वर्षीय बालक रुस्तम खड्काले आज शनिवार आफ्नै घरभित्रको भुईँ तलाको दलिनमा झुन्डिएर आत्महत्या गरेको सोही वडाका वडा अध्यक्ष रविन कार्की (नवीन) ले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘घरको कोठा भित्रको दलिनमा झुन्डिएको अवस्थामा बहिनीले देखेपछि पत्ता लागेको हो । बालकको ज्यान गएको छ ।’ उनी आज बहिनी अन्दाजी १० ः३० बजेको समयमा झुन्डेको भेटिएका हुन् । उनका आमाबुबा मन्थली बजार गएका रहेछन्, दाजु बहिनी घरमा भएको बेला झुन्डिएको देखिन्छ अध्यक्ष कार्कीले भने । 

 

उनको शव मन्थली अस्पतालमा पोस्ट मार्टम गरेर अहिले अन्त्यस्टिको लागि अनुमति दिई सकेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई बताए ।

 

‘हामी घटना स्थलमा पुगेर अध्ययन गर्दा बालकले आफै झुन्डिएको जस्तो देखिएपछि पोस्ट मार्टम गर्न लागियो । अहिले अन्त्यस्टिको लागि अनुमति दिई सकेका छौँ ढकालले भने ।’

 

 

घटनाको स्थलगत अनुगमनमा उनले पढ्ने किताब, कपी, कोठा, छिमेकी सहित सबैको अध्ययन गर्दा आज उनको ‘रिजल्ट’ आउँदै गरेको र सोही विषयलाई लिएर झुन्डिएको हुन सक्ने आशङ्का गरिएको छ । ‘ऊ सबै कुरा काम राम्रै मान्छे थियो घटना स्थलको कुरालाई उदृत गर्दै आज रिजल्ट आउने कुरा रहेछ । सायद, त्यसै कुरालाई लिएर हुन सक्छ, सूचना अधिकारी ढकालले भने ।’ 

 

गत भदौ महिना सम्म जिल्लामा आत्महत्या गर्नेको तथ्याङ्क हेर्नुहोस् ।

तथ्याङ्क स्रोत जिल्ला प्रहरी कार्यालय, रामेछाप । 

थप कुरा रिपोर्ट आएपछि खुल्ला अहिले यतीनै हो ढकालले थपे । 

 

उनी कक्षा ९ मा अध्ययनरत रहेका थिए । जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । देश भरीमा रामेछाप आत्महत्या गर्ने तथ्याङ्कलाई हेर्दा तेस्रो स्थानमा रहेको देखिन्छ । पहिलो मोरङ हो । गत आर्थिक वर्ष २०७८-७९ मा मात्रै जिल्लामा ४५ जनाले आत्महत्या गरेका थिए । 

 

जिल्लामा ७० वर्षमाथिका बृद्धवृद्धा देखि १३ वर्षी बालकले समेत आत्महत्या गरेर ज्यान लिन थालेपछि चिन्ता बढेको छ । यसलाई न्यूनिकरण गर्न स्थानीय सरकारको चासो जानू जरूरी रहेको सरोकारवाला बताउँछन् ।

 

बाल मैत्री नगरपालिका घोषणा हुने लागेको मन्थली गरपालिका भित्रनै बालकले आफ्नै ज्यान लिएका हुन् । 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));