मन्थलीमा टिफर दुर्घटना अपडेट : गम्भीर घाइते सह–चालकलाई काठमाडौँ लगियो

| बैशाख ३, २०८१ सोमबार

A A A
A A A

३ वैशाख, रामेछाप । सोमबार बिहानै मन्थलीको नगरपालिका वडा नं ७ भटौली स्थित मुगिटार सडकमा भएको टिफर दुर्घटनामा गम्भीर घाइते सह–चालकलाई काठमाडौँ लगिएको छ ।  दुर्घटना बिहान ५ ः १५ बजेको समयमा भएको हो । 

 

बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको टिफर दुर्घटनामा चालक २० वर्षीय ‘दीपेन्द्र’ भन्ने पवित्र बस्नेतको मृत्यु भएको थियो । 

 

भने, सह–चालक दोलखाको तामाकोशी गाउँपालिका वडा नं ६ च्यामा बस्ने अन्दाजी २१ को मनोज फुयाँल गम्भीर घाइते भएका थिए । उनको मन्थली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर रेफर गरिएको रामेछापका डिएसपी प्रदीप कुमार सिंहले रामेछाप टाइम्सलाई बताए । 

 

‘घाइतेलाई ट्रमा सेन्टर रेफर गरिएको छ । मृतकको परिवार आउँदै हुनु हुन्छ’ शव मन्थली अस्पतालमै छ’ डिएसपी सिंहले रामेछाप टाइम्ससंग भने । 

 

 

बालुवा बोकेर भटौली तर्फबाट मन्थली तर्फ आउँदै गरेको टिफर  सडकबाट तामाकोशी नदी किनारमा खसेको छ । 

 

 

रामेछाप टाइम्स
| बैशाख १७, २०८१ सोमबार
रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));