सैपुमा अपरिचित व्यक्तिको खुकुरी प्रहारबाट गम्भीर घाइते पौडेललाई काठमाडौँ लगियो, आफैले हतियार प्रहार गरेको प्रहरीको आशङ्का

| माघ २, २०७९ सोमबार

A A A
A A A

२ माघ, रामेछाप । रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा नं २ सैपुफेदीमा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा सो ठाउँका एक जना गम्भीर घाइते भएको उनले प्रहरी समक्ष बताएका छन् । यद्यपि उनलाई धारिलो हतियार खुकुरी प्रहार गरेको कि आफैले, आफैलाई प्रहार गरेको भन्नेमा आशङ्का रहेको प्रहरीको दाबी छ । 

 

चोट लागि घाइते हुनेमा सैपु बस्ने तुलसी प्रसाद पौडेलका छोरा वर्ष ३० का पुष्पराज पौडेल हुन् । उनलाई अपरिचित व्यक्तिले खुकुरी प्रहार गर्दा बायाँ हातको नाडीमा चोट लागेको छ । तर, प्रहरीले भने उनले मादक पदार्थ सेवन गरेको हुनाले आफैले यस्तो गरेको हुन सक्ने आशङ्का गरेको त्यहाँको प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरीका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई बताए । 

 

गएराति पौने ९ : ३० बजे छिमेकी दिनेश लुइँटेलको मूल सडक छेउको जस्ता पाताबाट बनेको पसलमा अपरिचित व्यक्ति चोरी गर्न पुगेको र सो चोरले पसल फोरेर समान चोर्दै गर्दा पुष्पराजले चोरलाई देखि पछि चोरले खुकुरीले घाँटीमा प्रहार गरेको तर, आफूले छलेर पाखुरामा काटेको उनले प्रहरी समक्ष बताएको सूचना अधिकारी थापाले बताए । 

 

खुकुरी प्रहारबाट घाइते पौडेलको स्थानीय अस्पताल सिरिसेमा उपचार सम्भव नभएपछि सदरमुकाम मन्थली ल्याइएको र मन्थलीबाट पनि उनलाई आज काठमाण्डौं रेफर गरिएको थापाले बताए । 

चोरी हुन लागेको घरको जस्ता सारिएको तस्बिर, जहाँ रगत लागेको छ । 

‘त्यो बेला बत्ती गएको रहेछ । उनले रक्सी पनि खाएका रहेछन् । र, छिमेकीको घरमा चोरी हुन लागेको उनले देखेको बताएका हुन् । जस्ता फोडिएको छ । सबैले देखेपछि कोही यहाँ चोरी गर्न आएको आफूले देखेको र समाउन खोज्दा मलाई खुकुरी प्रहार गरेर फरार भयो पौडेलको भनाई उदृत गर्दै सूचना अधिकारी थापाले भने ।’ त्यसैले प्रहरीले पौडेल माथि नै आशङ्का गरेको छ । तर, त्यहाँ कुनै हतियार नभेटिएको जनाइएको छ ।

 

पछि बत्ती आएछ सबैले देखेपछि आफू बच्न उनले आफैले, आफैलाई खुकुरी प्रहार गरेको प्रहरीको अनुमान छ । तर, अनुसन्धान जारी छ ।  

 

उनले आफूलाई खुकुरी हानेर काटेको देखाए । उनी घाइते छन् । तर, पसलको सामान चोरी भएको छैन । घटना बारे अनुसन्धान जारी रहेको र थप जानकारी आउन बाँकी रहेको थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));