रामेछाप उद्योग वाणिज्य सङ्घका १३८७ जनाले मतदान गर्न पाउने, अध्यक्षको उम्मेदवार को ?

| माघ ६, २०७९ शुक्रबार

संघको समिति बैठक, फाइल फोटो ।
A A A
A A A

६ माघ, रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापका एक हजार तीन सय बढी सदस्यले मतदान गर्न पाउने टुङ्गो लागेको छ । निजी क्षेत्रको व्यवसायीको हितमा काम गर्ने सङ्घमा निर्वाचनको चर्चा सुरु भएको हो । 

 

बिहीबार सङ्घको सचिवालयमा बसेको ३५ औँ कार्यसमितिको बैठकले सङ्घमा आबद्ध कूल एक हजार चार सय ८ जना सदस्य मध्ये एक हजार तीन सय ८७ जनाले मात्रै चुनावमा भाग लिन पाउने निर्णय गरेको हो । अन्य सदस्यहरूको भने सदस्यता नवीकरण नभएका कारणले गर्दा मतदान गर्न नपाउने भएका हुन् । २१ जना सदस्यले मतदानमा भाग लिन पाउने छैनन् । 

 

गत निर्वाचनमा सङ्घको अध्यक्षमा केशवप्रसाद घिमिरे निकटतम प्रतिद्वन्द्वी जगन्नाथ दाहाललाई ९ मतले पराजित गर्दै ३ वर्षे कार्यकालका लागि निर्वाचित भएका थिए । घिमिरेले ४ सय ८६ मत पाएका थिए भने दाहालको पक्षमा ४ सय ७७ मत परेको थियो । त्यति बेला कूल नौ सय ६३ मत खसेको थियो । त्यती बेला चुनावमा काँग्रेस र कम्युनिस्ट गठबन्धन बनाएर लडेका थिए । घिमिरे काँग्रेस समर्थित उम्मेदवार बनेका हुन् । 

 

यो तीन वर्षमा नयाँ सदस्यता करिब ४ सय बढेको हो । आउँदो फागुन २७ गते आठौँ जिल्ला अधिवेशन गर्ने निर्णय गरी सकेको सङ्घको नेतृत्व लिन आंकाक्षि बाहिर आउन थालेका छन् । 

 

योसँगै मतदातामा पनि निर्वाचनको चहलपहल बढेको छ । स्रोतका अनुसार बजारमा सङ्घको अध्यक्षको अहिले सम्म तिन जना आकंक्षि देखिएका छन् । तर, उम्मेद्वार टुङ्गो लागि सहेको छैन् । आउँदो माघ २१ गते साधारण सभापछि भने उम्मेद्वारहरु खुल्ने छन् ।  

 

गत निर्वाचनमै सर्वसम्मत रूपमा अध्यक्ष टुङ्गो नलागेको कारण मतदान भएको थियो । यो पटक पनि सर्व सहमतिमा नटुङ्गिने सम्भावना बढी भएकाले मतदान हुने सम्भावना बढी रहेको स्रोतको दाबी छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));