रामेछापमा सुरु भयो कक्षा १–९ को वार्षिक परीक्षा, मन्थली नगरले ८ कक्षाको परीक्षा नयाँ विधिबाट लिँदै

| चैत ८, २०७९ बुधबार

फाइल फोटो ।
A A A
A A A

८ चैत, रामेछाप । आज बुधवारदेखि रामेछापमा कक्षा १–९ को वार्षिक परीक्षा सुरु भएको छ । गत जेठबाट सुरु भयो यो वर्षको वार्षिक परीक्षाको सुरु भएको हो । कोरोना महामारीका कारण ढिला गरी शैक्षिक सत्र सुरु भए पनि विद्यालयहरूले कोर्स भने पुरा गरेका छन् । 

 

सुरुवातमा अनलाइन कक्षा, सिफ्टिङ कक्षा जस्ता निकै कष्ट झेलेको यो वर्षको शैक्षिक सत्रले लामो समयको अन्तरालपछि भौतिक उपस्थितिमा पठनपाठन गरेको थियो । यसले पनि विगतको भन्दा राम्रो नजिता ल्याउने अपेक्षा विद्यालयहरूको छ । महामारी कम भएपछि पठनपाठनलाई तीव्रता दिएका विद्यालयहरूले अहिले आउने नतिजा गत वर्षहरूको भन्दा केही राम्रो हुने अपेक्षा गरेको देखिन्छ । 

 

यता शैक्षिक क्षेत्र सुधारको लागि अभियान नै चलाएर शैक्षिक सुधारमा लागेको मन्थली नगरपालिका कक्षा ८ को वार्षिक नयाँ ढाँचाबाट गरेको जनाएको छ । नगरले प्रश्न पत्र आफैले तयार गर्नेदेखि परीक्षा केन्द्र समेत निर्धारण गरेर परीक्षा लिने थालेको हो । विद्यार्थीले जुन विद्यालयमा पढे सोही विद्यालयमा परीक्षा दिँदै आएको अवस्थामा यो वर्ष नयाँ प्रकृियाबाट परीक्षा लिन थालेको नगरका महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । ‘हामीले ८ का विद्यार्थीको लागि निर्धारण गरेको केन्द्रमा गएर परीक्षा दिनु पर्ने व्यवस्था मिलाएका हौँ । यसो गर्दा विद्यार्थीहरूमा नयाँ सिकाई हुन्छ ।’ साथै कम ग्रेड ल्याएर कक्षा चढ्ने विद्यार्थीको हकमा ग्रेड वृद्धि परीक्षाको पनि दिन पाउने तयारी नगरले गरेको महाशाखा प्रमुख बुढाथोकीले जानकारी दिए ।

 

उनका अनुसार नगरमा कक्षा ८ को वार्षिक परीक्षामा ८ सय ७८ जना परीक्षार्थीले सहभागिता जनाएका छन् । त्यस्तै मन्थली नगरपालिका भित्रका कक्षा १–९ मा ७ हजार २६२ ले परीक्षा दिँदै छन् । 

 

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईका अनुसार जिल्लाका कूल कक्षा १–९ मा ३७ हजार विद्यार्थी रहेका छन् । उनका अनुसार कक्षा १–९ को वार्षिक परीक्षा पालिकाहरूले लिने भएकाले आठ वटै पालिकामा एकै मितिमा नभए पनि पालिकाहरू वार्षिक परीक्षामा जुटेको जानकारी दिए । 

 

प्रमुख भट्टराईका अनुसार यही चैत १७ गतेदेखि सुरु हुने माद्यामिक शिक्षा (एसइई) को परीक्षामा भने जिल्लाबाट कूल ३ हजार २ सय ३४ जना परीक्षार्थी सहभागी हुने रामेछाप टाइम्सलाई बताए ।  उनका अनुसार जिल्लाका ९६ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ३ हजार २३४ जनाले एसइई परीक्षा दिने तयारीमा छन् । कति पय विद्यालयहरूले एसइई दिने विद्यार्थीको बिदाइ समेत गरी सकेका छन् । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));