मान्छे मारेर फरार रहेका बेथानका ‘बाङ्गे आले च्याङ्वा’ २० वर्षपछि गाउँबाटै पक्राउ

| जेठ ७, २०८० आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

७ जेठ, रामेछाप । करिब २० वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक बेथान गा.वि.स.वडा नं–७ हाल सुनापती गाउँपालिका वडा–४ भञ्ज्याङटार स्थित चौँरी खोलाको पुल नजिकै बस्ने अन्दाजी ४६ वर्षीय ‘बाङ्गे आले च्याङ्वा’ भन्ने बिरास लाल तामाङ रहेका छन् । 

 

उनले २०६० साल कात्तिक ४ गते बेलुका ६ बजेको समयमा हाल सुनापती गाउँपालिका–४ भञ्ज्याङटार स्थित चौँरी खोलाको पुल नजिकै बस्ने यज्ञबहादुर घिमिरेको छोरा अन्दाजी २७ वर्षीय रामशरण घिमिरे खत्रीलाई कुटपिट गरेर मारेका थिए । त्यसपछि फरार रहेका तामाङ गत शनिवार दिउँसो फेला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई न्यायिक हिरासतमा राखेर अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता राजु प्रसाद ढकालले जानकारी दिए । 

 

तामाङले घिमिरे खत्रीलाई कुटपिट गरेर मारी सुनकोसी नदीमा फालेको अवस्थाबाट फरार रहेका थिए । यसरी मारेर छोरालाई फालेको भन्ने घिमिरे खत्रीका बुबा यज्ञबहादुर घिमिरेले दिएको जाहेरीको आधारमा २० वर्षदेखि फरार सूचीमा रहेका तामाङलाई गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय बेथानको संयुक्त टोलीले उनकै गाउँ/टोलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । 

रामेछाप टाइम्स
| बैशाख २३, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));