रामेछापमा ‘मिस्टर & मोडेल रामेछाप सिजन-४’ र ‘तेस्रो लिटिल मोडेल रामेछाप’, अडिसन पर्सिदेखि (भिडिओ)

| जेठ १८, २०८० बिहिबार

A A A
A A A

१८ जेठ, रामेछाप । रामेछापमा ‘मिस्टर एण्ड (&) मोडेल रामेछाप सिजन–४’ र ‘तेस्रो लिटिल मोडेल रामेछाप’ हुने भएको छ। बालबालिका र युवामा रहेको उनीहरूको क्षमताको आधारमा यो उपाधि दिलाउने आयोजकको भनाई छ । यही २० गते पहिलो अडिसन सुरु हुँदैछ । 

 

आउँदो असार १६ गते गर्न मिति तय गरिएको आयोजकले भनेको हो । ‘अन्य परिस्थिति नआए सम्म हामीले १८ गते सम्पन्न गर्नेछौँ ।’

 

प्रतियोगिताको अहिले छनोट गर्ने र आवश्यक नृत्य, गायन, म्युजिक भिडिओ लगायतमा क्षमता अभिवृद्धि लगायताका टेनिङ दिने तयारी रहेको कार्यक्रमका व्यवस्थापक किङ स्टार क्रियसन प्रा.लिका सुमन खड्काले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । 

जिल्लाका आठ वटै स्थानीय तहबाट १–१ जना केटाकेटी (गर्लस् ब्याई) ले सहभागी जनाउने अपेक्षा आयोजकले राखेको छ । आयोजकका अनुसार ‘लिटिल स्टार’मा ६ देखि १३ वर्ष उमेर समूहले भाग लिन पाउने छन् । भने ‘मिस्टर एण्ड मोडेल’मा १४ देखि २९ वर्ष उमेरकाले भाग लिन पाउने छन् । 

 

तर, गत वर्षमा गरिएका कार्यक्रममा उपयुक्त समूहका युवा,युवतीले भाग लिएका नलिँदा ‘सहभागीहरूबाटै घोषणा गर्नु पर्‍यो यस्तै छ । यो पटक यस्तो नहोला खड्काले भने ।

 

कार्यक्रमको गर्न लाग्ने खर्च विविरण स्रोत आयोजक

जिल्लाका सबै स्थानीय तहसँगको समन्वयमा गर्ने ‘लिटिल स्टार’मा भाग लिनेले नगद ४ हजार र ‘मिस्टर एण्ड मोडेल’मा भाग लिनेले नगद ६ हजार रुपैयाँ तिरेर भाग लिन सक्ने छन् । दुई समूहका गरेर बढीमा २० देखि २५ जनालाई सम्म भाग लिन दिने योजना आयोजकको रहेको व्यवस्थापक खड्काले जानकारी दिए । 

 

साथै यो पटकको सो कार्यक्रममा एस् एम् एस् (SMS) भोटिङको आधारमा पनि सोही विधाको विजेता घोषणा गर्ने खड्काले बताए । 

 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));