मन्थलीमा तीन दिने रैथाने बालीको उत्पादन वृद्धि गर्ने र ‘होमस्टे’ संचालन तालिम सुरु, कसले के भने ?

| जेठ २१, २०८० आइतबार

A A A
A A A

२१ जेठ, रामेछाप । कृषि ज्ञान केन्द्र रामेछापको आयोजनामा मन्थलीमा ३ दिने रैथाने बाली उत्पादन विविधीकरण सम्बन्धि तालिम (आज) आइतबारदेखि सुरु भएको छ । यो तालिमले रैथाने बालीबाट उत्पादन भएका वस्तुको यहाँ संचालित होटेल तथा होमस्टेहरुमा विभिन्न नयाँ परिकार बनाएर बिक्री बितरण गर्न सक्ने बनाउन जोड् दिइएको आयोजकको भनाई छ । 

 

जिल्लाका आठ वटै स्थानीय तहका कृषक र होमस्टे संचालक गरी २५ जनाको सहभागितामा तालिम सुरु गरिएको ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी गराइन् । रैथाने बालीको उत्पादनमा वृद्धि गर्ने र उत्पादित भएका ती वस्तुलाई प्रयोग एवं खपत गर्न सक्ने बनाउनु तालिमको उद्देश्य रहेको उनको भनाई छ । 

 

जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का ( कार्की)ले तालिम उद्घाटन गर्दै तालिम निकै महत्पूर्ण रहेको बताइन् । उनले यो तालिमले स्थानीय कोदो, फापर, मकै, गहुँ, जौ, गेडागुडी जस्ता कृषि उत्पादन गर्न विशेष भूमिका खेल्ने भन्दै तालिमबाट पर्याप्त जानकारी लिन सुझाइन् । 

सहभागीहरु

तालिममा सिकेका विषयले उत्पादनमा वृद्धि गरेर रैथाने बालीबाट विभिन्न परिकार बनाएर बिक्री वितरण गर्न सके पर्याप्त आम्दानी गर्न सकिनेमा जोड् दिइन् । 

 

त्यस्तै (जिसस) का उपप्रमुख प्रेम सागर थापाले रैथाने जातका बालीको विकास र संरक्षणको लागि आफूहरूले तीनै तहका सरकारसँग पहल गर्न भूमिका खेल्ने बताउँदै तालिममा दत्त चित्त भएर सिक्न आग्रह गरे । 

 

रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले संघले रैथाने बालीहरूको संरक्षण, प्रवर्द्धन गर्न केही समय अगाडि मात्रै रामेछाप महोत्सव सम्पन्न गरेको जानकारी गराउँदै संघले किसान र जिल्लाका व्यवसायीलाई यी कुरामा सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाए । 

जिसस प्रमुख चिना खड्का र ज्ञान केन्द्र प्रमुख निर्मला गुरुङ

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुबोध कुमार साह कर्मयोगीले घरेलु कार्यालयले रैथाने जातका बालीको संरक्षणको लागि विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्ने जानकारी दिए । त्यसको लागि किसानहरूलाई आफूहरूको सम्पर्कमा आउन र उत्पादनमा वृद्धि गर्न जोड् दिए । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईका प्रमुख थिरलाल गैरेले विदेशी शैलीको प्रभाव स्वदेशमा बढ्दै जाँदा हाम्रा उत्पादन घटेको जिकिर गरे । त्यस्तै स्वदेशी उत्पादन बढाउन र खपतको समेत वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाई छ । 

 

दोलखामा समेत यो तालिम दिने तयारी

पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेलले रैथाने जातका बाली र तिनबाट बनेका परिकारको प्रचार गर्न आफूहरू आतुर रहेकाले तालिमबाट चर्चा परिचर्चा हुने गरी सिक्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे । उनले रैथाने बालीबाट उत्पादन भएका परिकारहरूलाई कमसेकम विद्यालयहरूले दिवा खाजाको रूपमा मात्रै प्रयोग गर्न सकेको खण्डमा बालबालिका स्वास्थ्य हुने, सामाग्री खपत हुने सुझाव दिए । 

 

रामेछाप र दोलखा जिल्ला हेर्दै आएको कृषि ज्ञान केन्द्र रामेछापले अब यहाँ सकेर दोलखामा समेत यो तालिम दिने तयारी रहेको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विवेकानन्द महतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));