रामेछापमा ओलीले देवकोटा, बिपी र मदन–आश्रितको सालिकमा पुष्पगुच्छा अर्पण गर्ने, साँझ तीनलाल पार्कमा सह–भोज

| मंसिर २५, २०८० सोमबार

A A A
A A A

२५ मंसिर, रामेछाप । आज (सोमबार) साँझ मन्थली आइपुग्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्थलीमा लक्ष्मी प्रसाद देवकोटा, बिपी र मदन आश्रितको सालिकमा पुष्पगुच्छा अर्पण गर्ने भएका छन् । त्यस्तै जिल्लाको विकास निर्माण बारे सरोकारवालासँग छोटो औपचारिक भेटघाट समेत गर्ने भएका छन् । 

 

सोमबार नेकपा एमाले जिल्ला कमिटी रामेछापले पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीसहित करिब ३ सय बढी एमालेका केन्द्रीय कमिटीका नेता मन्थलीमा बास हुने जानकारी दिँदै भोलि (मंगलबार) बिहान ओलीले यहाँको देवकोटा, बिपी र मदन आश्रितको सालिकमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम तय गरिएको जिल्ला कमिटी अध्यक्ष आनन्द कुमार श्रेष्ठले बताए । ‘उहाँले देवकोटा, बिपी र कमरेड् मदन–आश्रितको सालिकमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ।’

पत्रकार सम्मेलन । तस्बिर मिलन घिमिरे (बि क) / रामेछाप टाइम्स

त्यस्तै भोलि बिहान जिल्लाका विभिन्न सङ्घसंस्था, पत्रकार, राजनीतिक दल, जनप्रतिनिधिहरू सहित संयुक्त रूपमा ओलीले मन्थली नगरपालिकाको सभा हलमा रामेछापको समृद्धिको लागि चालिएको कदम बारेमा जानकारी लिने छन् । ‘यो भेटघाट छोटो हुनेछ । उहाँलाई मौखिक र लिखित जानकारी गराउने छौँ ।’

 

नेकपा एमालेले चुनावताका मात्रै राजनीतिक पार्टीहरू जनताको घरदैलो पुग्छन् भने आरोपलाई चिर्दै अरू बेला पनि जनतासँगै हुन्छन् भन्ने उदाहरणको रूपमा झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’सुरु गरेको दाबी गरे । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा अहिलेको व्यवस्था प्रति आक्रोश पोख्नेहरू प्रति इङ्गित गर्दै त्यो आक्रोश भन्दा पुराना राजनीतिक पार्टीहरू भिन्न छन् भन्ने यो अभियानलाई यो गतिलो झापड भएको जिकिर गरे । 

 

जिल्ला कमिटी अध्यक्ष श्रेष्ठका अनुसार ओली आज दिउँसो दोलखाको चरिकोटमा हुने कार्यक्रमलाई सम्बोधन गरेर सिधै मन्थली तर्फ लाग्ने छन् । मन्थलीबाट पुग्ने टोलीले ओलीलाई दोलखा र रामेछाप (सीमा) मन्थली नगरपालिका वडा नं १३ फुलासी स्थित मिल्ती बजारबाट मोटरसाइकल र्‍याली सहित मन्थली ल्याउने छन् । त्यसपछि सिधै तीनलाल पार्कमा ओलीले समय भएको खण्डमा स्वागत समारोहलाई संक्षिप्त सम्बोधन गर्ने छन् । 

त्यसपछि जिल्ला कमिटीका उपसचिव प्रकाश कुमार कार्कीको नेतृत्वले तयार पार्ने खाना (सह–भोज) हुने छ । र, सबै नेताहरू कार्यकर्ताको घर–घरमै बास बस्ने भनिएको छ । ‘हामीले नेता कार्यकर्ता कसरी बसेका रहेछन्। गुजार कस्तो छ, उहाँलाई देखाउन कार्यकर्ताकै घरमा बास बस्ने व्यवस्था गरेका छौँ’ अध्यक्ष श्रेष्ठले भने ‘यसले कार्यकर्ताको जीवनस्तर थाहा पाउनु हुन्छ ।’

 

जिल्ला कमिटीका सचिव पुरुषोत्तम कडरियाले सबै तयारी पूरा भएको जानकारी दिँदै ओलीको यो आगमनलाई सफल पार्न सहयोग गर्ने सबैलाई आग्रह गरे । 

 

यो पनि पढ्नुहोस् 
एमाले अध्यक्ष ओली सहित ‘जम्बो’ टोली आज रामेछापको मन्थलीमा आउँदै

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));