नेकपा माओवादी केन्द्र रामेछापको इन्चार्जमा ‘कुशल’

| चैत ११, २०८० आइतबार

A A A
A A A

११ चैत, रामेछाप । नेकपा माओवादी केन्द्र बागमती प्रदेशले १३ वटै जिल्लाको इन्चार्ज तोकेको छ ।

 

शुक्रवार बसेको प्रदेश सचिवालय बैठकले रामेछापमा पूर्व सांसद समेत रहेका श्याम कुमार श्रेष्ठ ‘कुशल’ लाई इन्चार्जको जिम्मेवारी दिएको पार्टी केन्द्रीय सदस्य एवं ललितपुरका इन्चार्ज हरि दाहालले जानकारी दिए ।

 

दाहालका अनुसार काठमाडौँमा सूर्य सुवेदी, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलीप प्रजापति, धादिङमा पुष्पविक्रम मल्ल, नुवाकोटमा हिरानाथ खतिवडा, रसुवामा कल्पना शर्मा, चितवनमा घना श्याम दाहाल, मकवानपुरमा विजय गौतम रहेका छन् ।

 

यस्तै सिन्धुलीमा बुद्धिमान माझी, दोलखामा विशाल खड्का, काभ्रेमा तेजबहादुर मिजार र सिन्धुपाल्चोकमा केशव नेपाल जिल्ला इन्चार्ज तोकिएका हुन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));