आगामी वैशाख २६ गते नवौँ जिल्ला अधिवेशन गर्ने एमाले रामेछापको निर्णय, ओलीबाट उद्घाटन गर्ने तयारी

| चैत २५, २०८० आइतबार

A A A
A A A

२५ चैत, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (एमाले) रामेछापले आगामी वैशाखमा जिल्ला अधिवेशन गर्ने भएको छ । त्यसको लागि नेकपा एमालेले निर्णय समेत गरेको हो । 

 

गत बिहीबार जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलसहितको उपस्थितिमा बसेको १० औँ पूर्ण बैठकले आगामी वैशाख २६, २७ र २८ गते    पार्टीको नवौँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

बागमती प्रदेशका सांसद समेत रहेका जिल्ला अध्यक्ष श्रेष्ठले रामेछाप टाइम्सलाई भने ‘उद्घाटनमा पूर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गर्ने निर्णय गर्दै वैशाख २६ गते देखि २८ सम्म अधिवेशन गर्ने निर्णय गरेका छौँ ।’

 

अध्यक्ष श्रेष्ठका अनुसार जिल्ला अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष ओलीले गर्ने गरी तयारी अगाडि बढाइएको हो । ‘उहाँलाई निमन्त्रणा गर्ने निर्णय भएको छ । उहाँले समय दिनु भयो भने आउनु हुन्छ ।’ यस अगाडि एमाले अध्यक्ष ओली चिवाभञ्ज्याङको यात्राको क्रममा मन्थली आएका थिए । 

 

आठौँ जिल्ला अधिवेशनबाट पुस २५, २०७८ मा नेकपा एमाले रामेछापको अध्यक्षमा श्रेष्ठ निर्विरोध चयन भएका थिए । सो बेलामा एमाले रामेछापले अध्यक्ष बाहेकका पदको लागि भने मतदान मार्फत पदाधिकारी टुङ्गो लगाएको थियो ।  पुस २७, २०७८ देखि श्रेष्ठसहितको निर्वाचित पदाधिकारीको टिमले पद सम्हालेका थिए । 

 

पछिल्लो समय नेकपा एमाले रामेछापले विभिन्न वडाहरूमा वडा अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गर्दै आएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));