रामेछाप टार गाउँका आगोलागि पीडितहरूलाई एकद्वार प्रणालीबाट राहत प्रदान गर्ने विपद् व्यवस्थापन समितिको निर्णय

| चैत ३, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

३ चैत, रामेछाप । रामेछापको टार गाउँका आगोलागि पीडितहरूलाई एकद्वार प्रणालीबाट राहत प्रदान गरिने निर्णय गरेको छ । व्यक्ति–व्यक्तिले राहतका नाममा दुरुपयोग गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै एकद्वार प्रणालीबाट राहत प्रदान गर्ने निर्णय गरिएको हो । 

 

शनिवार जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले डढेलो र आगोलागिका घटना घटिरहेको र थप घटना नदिनको लागि गर्नु पर्ने तयारी बारेमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । 

 

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको निर्णयमा भनिएको छ, ‘आगलागी प्रभावित एवं विस्थापित घरपरिवारको तत्कालको अस्थायी आवास एवं राहत व्यवस्थापनको लागि स्थानीय आवश्यकतालाई ध्यानमा राखी रामेछाप नगरपालिकासँग समन्वय गरी एकद्वार प्रणालीबाट गर्ने’ । 

 

आगलागी र डढेलो सम्बन्धी हाल सम्म भएका निर्णयहरूको कार्यान्वयनको अवस्था बारेमा समीक्षा गर्दै टाहारगाउँमा आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण, आगलागी नियन्त्रण र तत्कालको राहत व्यवस्थापनमा स्थलगत निरीक्षणसहितको प्रयासको बारेमा छलफल गर्दै नेपाल सरकार, बागमती प्रदेश सरकार र रामेछाप नगरपालिकाबाट प्रचलित कानुन, कार्यविधि, मापदण्ड बमोजिम उपलब्ध गराउने राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । 

 

साथै आगलागीबाट प्रभावित निजी आवास पुन निर्माण तथा पुनर्स्थापना अनुदान सम्बन्धी कार्यविधि २०७८, बमोजिम अर्को बस्ने घर नभएका र आगलागीबाट घर पूर्ण क्षति भएका परिवारको सम्बन्धमा आवास पुन निर्माण अनुदानका लागि रामेछाप नगरपालिकाले यथाशीघ्र सुरु गर्ने भनिएको छ । 

 

यस्तै विपद्जन्य घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्दै विपद्का घटनाको पूर्व तयारी, उद्धार एवं राहत र पुनर्लाभ कार्यको लागि सबै तयारी अवस्थामा बस्ने भनिएको हो । 

 

साथै सामुदायिक वनहरूमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गर्ने व्यक्ति, समूहको पहिचान भएमा जुनसुकै व्यक्तिहरूले पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउने निर्णय गरिएको छ । 

 

अरू के–के भयो निर्णय हेर्नुहोस् 

 

 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));