आज होली मनाइदैः सभ्य भएर खेल्न रामेछाप प्रशासनको आग्रह, अटेर गरे कारबाही !

| चैत १०, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

११ चैत, रामेछाप । आज पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ । एक अर्कामा रगंहरु दलेर शुभकामना आदान प्रदान गरी होली रामेछाप, काठमाडौँ सहित पहाडी जिल्लामा आइतबार मनाइँदै छ । तराईका जिल्लामा सोमबार भोलि होली (फागु) पर्व मनाइने छ । 

 

पछिल्ला वर्षहरूका होली पर्वमा केटाकेटी, किशोर किशोरी, युवा, वयस्क र वृद्धवृद्धाले समेत रमाइलो गर्दै आएका छन् । ठाउँ–ठाउँमा सांस्कृतिक कार्यक्रम समेत हुने गरेको छ । रँगहरू दलेर गीत बजाएर सामूहिक रूपमा नाच्ने, गाउने गर्न थालिएको छ । त्यसको लागि काठमाडौँ वसन्तपुर सहितका ठाउँमा आज पनि होलीको भव्य तयारी गरिएको छ । साथै विगतका वर्षहरूमा भन्दा होली पर्वलाई सभ्य तरिकाले मनाउँदै जाने क्रम पनि बढ्दै गएको छ । 

 

यसपालिको होली पर्वको दिनमा पनि (आज) मौसम बदली भएको हुँदा केही समस्या देखिएको छ । 

 

यसैबिच जिल्ला प्रशासन कार्यालय रामेछापले होली अर्थात् (फागु) पर्वको शुभकामना प्रदान गर्दै पर्वलाई सभ्य रूपमा मनाउन आग्रह गरेको छ । गत शुक्रवारै एक सूचना जारी गर्दै जिल्ला प्रशासनले रामेछापले रङ्ग र खुसीयालीको पर्वका होली खेल्दा मर्यादित र सभ्य ढंगले मनाउन आग्रह गरेको छ । 

 

पर्व मनाउने नाममा कसैको इच्छा विपरीत जबरजस्ती, अमर्यादित, गैर कानुनी र उत्श्रृखल किसिमका कुनै पनि व्यवहार नगर्न, इच्छा विपरीत रङ्ग नदल्ने, लोला नहान्न, कसैलाई अनावश्यक दुःख दिने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने कुनै पनि गतिविधि नगर्न सचेत गराएको छ। 

 

साथै वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको रङ्गिन बस्तुहरू, केमिकल, प्लास्टिकजन्य सामाग्रीहरूको प्रयोग नगर्न सचेत गराउँदै यदि कानुन विपरीतका गतिविधिहरू गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत चेतावनी दिइएको छ । 

 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));