रामेछाप प्रशासनमा मिटरब्याजीको समस्या सम्बोधन गर्न ‘सहजिकरण डेस्क’ स्थापना, चार वटा उजुरी परे

| चैत १२, २०८० सोमबार

सम्झना भुजेल र प्रकाश प्रधान ।
A A A
A A A

१२ चैत, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूको गुनासोको सुनुवाइ गर्ने ‘सहजिकरण डेस्क’ स्थापना गरिएको छ । 

 

सोमबार (आज) जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रानुसार अनुसार कार्य गरेको उल्लेख गर्दै डेस्क सञ्चालनमा ल्याएको जानकारी दिएको हो । 

 

कार्यालयकी कर्मचारी सम्झना भुजेललाई सहजीकरण डेस्क र  सूचना अधिकारी समेत रहेका प्रशासकीय अधिकृत प्रकाश प्रधानलाई फोकल पर्सन (गुनासो सुनुवाइ तथा सहजीकरण) अधिकृतको जिम्मेवारी तोक्दै कक्ष एवं ‘सहजिकरण डेस्क’ सुरु गरेको हो । 

 

यस अगाडि गृह मन्त्रालयमा उपप्रधानसहित गृह मन्त्री रवि लामिछानेको ‘इन्ट्रि’ भएपछि ७७ वटै जिल्ला प्रशासनमा मिटरबाजी सम्बन्धि समस्या समाधान गर्न ‘डेस्क’ स्थापना गरेर अगाडि बढ्ने बताइएको थियो । 

 

हाल सम्म जिल्लामा चार वटा मिटर ब्याजी सम्बन्धि उजुरी परेको र चार वटै समाधान भइसकेको सूचना अधिकारी प्रकाश प्रधानले रामेछाप टाइम्सलाई बताए । ‘यस अगाडि परेका सबै समाधान भइसकेका छन् । अबको लागि डेस्क पनि सञ्चालनमा आएकाले थप सहजिकरण हुन्छ ।’ 

 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));