एसइई परीक्षाभर मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पठनपाठन बन्द हुने

| चैत १३, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

१३ चैत, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा एसइई परीक्षा अवधिभर पठनपाठन बन्द हुने भएको छ । 

 

पर्सी बिहीबार देखि सुरु हुने यो शैक्षिक सत्रको मद्यामिक तहको परीक्षा एसइईको परीक्षा संचालनको केन्द्र क्याम्पसमा तोकिएकाले परीक्षा अवधिभर पठनपाठन बन्द हुने क्याम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठले जानकारी दिए । 

 

क्याम्पस प्रमुख डा.श्रेष्ठले जारी गरेको सूचनामा भनिएको छ, ‘क्याम्पसमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा केन्द्र तोकिएकाले चैत १५ गतेदेखि २५ गतेसम्म यस क्याम्पसका नियमित पठनपाठन बन्द रहने साथै सो अवधिमा क्याम्पसका दैनिक प्रशासनिक कार्य यथावत् सञ्चालन रहने छ’ उल्लेख गरिएको छ । 

 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));