खाना पकाउने ग्यासको पाइप खुस्किएर आगो लाग्दा रामेछाप देवीटारमा घर जल्यो

| बैशाख १, २०८१ शनिबार

फाइल फोटो ।
A A A
A A A

१ वैशाख, रामेछाप । रामेछापको देवीटारमा खाना पकाउने ग्यासको पाइप छुट्टिएर आगोलागि हुँदा ९ लाख बराबरको क्षति भएको छ । आगोलागिमा मानवीय क्षति भने भएको छैन । 

 

नयाँ वर्षको दिन शनिवार आज बिहान ८ : ०० बजेको समयमा मन्थली नगरपालिका वडा नं १३ स्थित देविटारमा दुई जना कामदार बस्दै आएको घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

स्थानीय कमल राज गिरीको चारकोठे घरमा दोलखाको मेलुङ गाउँपालिका वडा नं ५ का खड्कबहादुर श्रेष्ठ, सोही ठाउँका राम बहादुर खड्का लेबर काम गरेर बस्दै आएका थिए । उनीहरूले खाना पकाउने क्रममा ग्याँसको पाइप छुट्टिएर आगलागी हुँदा २ वटा कोठा जलेर पूर्ण रूपमा क्षति भएको जिप्रका रामेछापले बताएको हो । 

 

आगो लाग्दा काठ र जस्ता पूर्ण रूपमा क्षति भएको, ५ वटा ढोका र ४ वटा झ्याल, ६ वटा खाट सहित भाँडा वर्तन, अन्नपात, तेल १ कार्टुन गरी अन्दाजी नौं (९) लाख बराबरको क्षति भएको जिप्रका रामेछापले जानकारी दिएको छ । 

 

आगो प्रहरी टोली  र स्थानीय सहितको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा लिएको  घटना बारे थ अनुसन्धान कार्य भइरहेको छ ।

रामेछाप टाइम्स
| बैशाख १७, २०८१ सोमबार
रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));