रामेछापको भटौलीमा बिहानै टिफर पल्टिदा चालकको ज्यान गयो, सह-चालक गम्भीर

| बैशाख ३, २०८१ सोमबार

फाइल फोटो ।
A A A
A A A

३ वैशाख, रामेछाप । रामेछापमा सोमबार (आज) बिहानै टिपर पल्टिदा चालकको मृत्यु भएको छ । भने, सह–चालक गम्भीर घाइते भएका छन् ।

 

मृत्यु हुनेमा बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको चालक २० वर्षीय ‘दीपेन्द्र’ भन्ने पवित्र बस्नेतको रहेका छन् । गम्भीर घाइते बस्नेतको उद्दार गरी मन्थली अस्पतालमा पुर्‍याउन साथ चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहले रामेछाप टाइम्सलाई बताए । 

 

बालुवा बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौली पोडेदह स्थित मन्थली–मुगिटार–खाँडादेवी सडक मुगिटारबाट मन्थली तर्फ आउँदै गरेको टिपर दुर्घटनामा सह–चालक दोलखा तामाकोशी गाउँपालिका वडा नं ६ च्यामा बस्ने अन्दाजी २१ को मनोज फुयाँल गम्भीर घाइते भएका छन् । 

 

उनको मन्थली अस्पतालमा उपचार भइरहेको डिएसपी सिंहले जानकारी गराए । उनको हात र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । 

 

टिफर के कारणले दुर्घटनामा पर्यो भन्ने खुल्न सकेको छैन् । 

तस्विर स्रोत अप्रिल अधिकारी । 

रामेछाप टाइम्स
| बैशाख १७, २०८१ सोमबार
रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));