उमाकुण्डमा ५२५ मत बदर

| मंसिर ७, २०७९ बुधबार

A A A
A A A

७ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा ५ सय २५ मत बदर भएको छ । ७ हजार ४२ मत सदर भएको हो । 

 

 

गएराति गणना सकिएको यो पालिकाको प्रतिनिधि सभा र प्रदेश सभा दुई तर्फ गरी ठुलो परिणाममा मत बदर भएको पाइएको हो । कूल ७ हजार ५ सय ६७ मत खसेको यो पालिकामा ५२५ मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी नभएको पाइएको छ । 

 

 

निर्वाचन आयोगले स्वयंसेविका मार्फत घर घरमा पुगेर मतदाता शिक्षा दिएको थियो । त्यस्तै अन्य विभिन्न माध्यमबाट ठुलो खर्च मतदाता शिक्षामा गरे पनि त्यसको प्रभावकारिता भने नदेखिएको हो । ७  वटा वडा रहेको यो पालिकामा मतदाता शिक्षा प्रभावकारी नदेखिएको हो ।

 

४ वटा मतपेटीकामा मत खसाल्नु पर्ने भएको हुँदा धेरै मतदाता झुक्किएका थिए । एउटा ढ्वाङ्मा खसाल्नु पर्ने मत अर्कै ढ्वाङ्मा खसाल्ने, स्वस्तिक छाप सहित तरिकाले नलगाएको, मसि दलिएको, एक भन्दा बढी छाप लगाएको मत बदार भएका हुन् । 

 

 

सबै जिल्लाका आठ स्थानीय तह मध्य सबै भन्दा कम मत खसेको यो पालिकामा यती ठुलो सङ्ख्यामा बदर हुनुले अन्य धेरै मत खसेको स्थानमा यो सङ्ख्या बढ्ने आङ्कलन गरिएको छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));