निर्वाचित संघीय र प्रदेश सभा सदस्यहरूलाई पत्रकार महासंघको बधाई, साझा प्रतिबद्धतामा गरे हस्ताक्षर

| मंसिर १२, २०७९ सोमबार

A A A
A A A

१२ मंसिर, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा निर्वाचित सांसद्हरुलाई बधाई दिएको छ । सोही कार्यक्रममा निर्वाचित प्रतिनिधि सभा (संघीय) र प्रदेश सभा सदस्यहरूले जिल्लाको विकासको लागि प्रतिबद्ध छौँ भने साझा पत्रमा हस्ताक्षर गरेका छन् ।  

 

 

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले अत्यधिक मतसहित विजयी घोषणा गरेका प्रतिनिधि सभा (संघीय) र प्रदेश सभा सदस्यहरूलाई महासंघको भवन मन्थलीमा एक कार्यक्रमकाबीच बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो । 

पत्रकारहरुसंग निर्वाचित सदस्यहरु ।

महासङ्घमा आबद्ध पत्रकार, यसका छाता सङ्गठनहरूको उपस्थितिमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ ‘कान्छाराम’, प्रदेश सभा सदस्य ‘क’ र ‘ख’ का क्रमशः तारानारायण श्रेष्ठ र युवराज चौलागाईलाई सम्मानसहित जिल्लाको सञ्चार जगतको विकास र उन्नयनको लागि काम गर्ने आग्रह समेत गरेको हो । 

 

महासङ्घका जिल्ला अध्यक्ष बद्री नयाँरेले कार्यकालको शुभकामना दिँदै निर्वाचित सदस्यहरूबाट सकारात्मक र रचनात्मक कामको अपेक्षा गरेको बताए ।

 

 

आगामी दिनमा यहाँको गुम्देल देखि गौश्वारा सम्मका जनताले अनुभूति गर्ने गरी काम गर्न सुझाव दिँदै नकारात्मक काम गरेमा त्यसको विरुद्ध आफ्ना कलमहरू एक भएर लाग्ने समेत सुझाए । 

 

 

निर्वाचित सदस्यहरूले सञ्चार जगत् राज्यको चौथौँ अङ्ग भएको स्मरण गर्दै आफूहरूको बारेमा लेख्दा सत्य, तथ्य बुझेर समाचार सामाग्री प्रकाशन प्रसारण गर्ने आग्रह गरे । 

 

यहाँको विकासलाई केन्द्रमा राखेर काम गर्नेमा उनीहरूले साझा प्रतिबद्धता जनाएउँदै हस्ताक्षर समेत गरे । 

 

हस्ताक्षर गरेको प्रतिबद्धता पत्र हेर्नुहोस् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));